Thursday, February 23, 2017

पुतलीसँग यसरी चिनजान गरियो [भिडियो]

Indian Cabbage White Butterfly. Photo-Netra Tamang

पुतलीले पराग चुस्छ । तर, फुलमा झुम्मिने जस जति मौरी र भँमरालाई मात्र जान्छ ।
पुतली नाैरंंगी हुन्छ । तर, चर्चा इन्द्रेणीकाे मात्र हुन्छ ।

यसैले पुतलीको पछि परिएन ।

फ्रेन्ड्स अफ नेचरको आयोजनामा नवलपरासी कावासोती-१५ स्थित बाघखोरमा रहेको अमलटारी होमस्टेमा भएको पत्रकारका लागि वन्यजन्तु तालिममा पुतलीलाई नजिकबाट चिन्ने मौका पाएँ ।

पुतली सबैभन्दा बढी परागसेचन गराउने जीव रहेछ । पुतलीको विषयमा अध्ययन गर्दै आउनु भएका सुरेन्द्र परियारले सहभागी सबैलाई पुतलीबारे धेरै जानकारी दिनुभयो । यसैक्रममा इन्डियन क्याबेज ह्वाइट नामक पुतलीसँग चिनजान भयो ।

यो पुतली नेपाललगायत भारत, भुटान, पाकिस्तान, म्यानमर, चीनमा पाइने रहेछ । समुन्द्र सतहदेखि २ हजार हुदै ११ हजार फिटसम्म यसको बसाइ हुने रहेछ ।

वातावरण सन्तुलनमा महत्वपूर्ण भूमिका रहने पुतली नेपालमा संखुवासभाको अरुण उपत्यकामा सबैभन्दा धेरै पाइने रहेछ । ब्राजिलमा सबैभन्दा धेरै पुतली पाइने कुरा पनि यही अध्ययनको क्रममा थाहा पाएँ । 

नेपालमा ६६० प्रजाति तथा उपप्रजातिका पुतलीहरु भेटिएका छन् । त्यसमध्ये २९ प्रजाति तथा उपप्रजातिका पुतली नेपालमा मात्र पाइन्छ भनेर अध्ययनले देखाएको छ ।

नेपालमा पुतलीसम्बन्धी अध्धयन बेलायती नागरिक कोलिन स्मिथले गर्नु भएको रहेछ। पोखरामा बस्नुहुने उहाँलाइ नेपालीहरुले पुतली बाजे भनेर पनि चिन्दारहेछन् । 

दस दिने तालिममा दुइ दिन पुतलीसम्बन्ध मात्रै अध्ययन गरियो । यसक्रममा हामीले पिकक पेन्सी, टनी कस्टर, कमन फोर रिङ जस्ता पुतलीलाइ पनि नजिकबाट हेर्ने माैका पायाैं ।

थप जानकारी फ्रेन्ड्स अफ नेचरका राजु अाचार्य र यादव घिमिरेले दिनुभयो । पुतलीलाइ नजिकबाट चिन्ने माैका दिएकोमा फ्रेन्ड्स अफ नेचरलाइ धेरै धन्यवाद । 

२०७३ फागुन १२




No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...