Wednesday, July 1, 2015

मलाई लडाएपछि हिलो दलेको हुँ : मन्त्री पराजुली

मंगलबार असार १५ मा काठमाडौंको मूलपानीमा आयोजित रोपाईं कार्यक्रममा महिलाहरुमाथि अभद्र व्यवहार गरेको भनेर कृषि मन्त्री हरिप्रसाद पराजुलीको आलोचना भइरहेको छ । उनकै पार्टी एमालेका नेताहरुले उनको व्यवहारको आलोचना गर्दै कारबाहीको माग गरिरहेका छन् । तर, मन्त्री पराजुली भने आफूले कुनै गलत नियतले त्यस्तो काम नगरेको दाबी गर्छन् । बुधबार साँझ ईकान्तिपुरले मन्त्री पराजुलीसँग गरेको कुराकानी :
आज त निकै व्यस्त हुनुभयो होला है ?
व्यस्तै भएँ । बिहान चिया सहकारी संघको गोष्ठीमा प्रमुख अतिथि भएर भाषणभूसणमा लागियो । त्यसपछि त तपाईं मिडियाका साथीहरुको फोन उठाउँदै यताउता (नेताका निवास) जाँदै ठीक्क भयो ।
हिजो मूलपानीमा भएको चाँहि के हो मन्त्रीज्यू ?
राष्ट्रिय धान दिवसमा हिलो खेल्न भनेर उहाँहरुले बोलाउनुभयो । सुरुमा उद्घाटन भाषण गरें । पाँच मिनेट भाषण गरेपछि मैले ‘तपाईंहरु हिलो खेल्न भनेर उपस्थित हुनुभएको छ, मैले लामो भाषण गरें भने पट्यार लाग्छ, त्यसैले अब रोपाइँ गर्न जाऊँ’ भनेर भाषण टुंग्याएँ । सुरुमा मेसिन चलाइयो । बिऊ रोपियो । हिँड्न लागेको थिएँ । उहाँहरुले नै ‘अब कहाँ जान पाइन्छ ? गावो हाल्नुपर्छ’ भन्नुभयो । त्यसपछि गावो हाल्न गइयो । थोरै बिऊ लिएर जानुपर्छ भनेर हिँड्न लागेको थिएँ । फेरि ‘फोटो खिच्नुपर्छ, कहाँ भाग्न पाइन्छ ?’ भन्नुभयो । ‘अघि चाहिँ कुराउने अहिले जान पाइन्छ’ भन्नुभयो । त्यहाँ भएका महिला दिदीबहिनी, पुरुष महिलाले को को हुनुहुन्थ्यो मलाई नै उहाँहरुले सुरुमा लुथ्रुक्कै पार्नुभयो । भाग्न खोज्दा एकजना पुरुष लडे, म पनि लडें । लडेपछि महिला दिदीबहिनीले डिलमा बसेर फुत्त फुत्त माटोले हान्न थाल्नुभयो ।
त्यसपछि मैले उहाँहरुलाई हिलो खेल्ने भए ल सबै जाउँ भनें । हिलो खेल्ने भए सबैले खेलौं भनें । कतिले मान्नुभएन । उसो भए माटाको टिको लाऊँ भनें त्यो पनि मेरै गालामा दलिदिनुभयो । एकजना दिदी कम्मरमा हात हालेर बसिरहनुभएको थियो । मैले ल जाऊँ न जाऊँ भनें । त्यसैलाई स्क्यान्डल बनाएर ‘लौ मन्त्रीले अभद्र व्यवहार गर्‍यो भने’ । अभद्र व्यवहार गरेको भए त्यहाँ भएका तीन हजार/साढे तीन हजार हाँसिरहनुभएको थियो । मन्त्रीले यस्तो अभद्र व्यवहार गर्‍यो भनेर हप्काउनुहुन्थ्यो होला । केही भन्नु भएन त । अहिले त दुइटै कृषक समूहले विज्ञप्ती नै निकालेर गलत प्रचार भयो, रमाइलो गरिन्थ्यो, गरिएको थियो भन्नुभएको छ ।
म मन्त्री नहुँदा पनि अखिल नेपाल किसान महासंघले हिलो खेल्ने र धान रोप्ने काम गथ्र्यो । म किसान महासंघको प्रतिनिधि भएकाले आफ्नै ठानेर उहाँहरुलाई त्यस्तो व्यवहार गरेको हो । कुनै गलत नियत र गलत इच्छाको लागि गरेको होइन । अनि मिडियाले यसरी उचालिदियो कि, फोटोका क्लिप यसरी–यसरी–यसरी–यसरी ढल्काएर देखाइदियो । राम्रा फोटा पनि थिए नि । ग्रुप फोटा थिए । सबै जम्मा भएका मानिसहरुले मलाई बीचमा राखेर खिचेका फोटा राखेनन् । अनि जाऊँ रोपाइँमा भनेका कुरालाई मिडियाले राखिदिए । कसैलाई आघात पुगेको छ भने क्षमाप्रार्थी छु, तर त्यस्तो नियत राखेको थिएन ।
तर, तपाईं फर्की फर्की महिलामाथि हात हालेको भिडियो देखिएको छ नि ?
मैले एकजना दिदीलाई ल गइदिऊँ न । तपाईं हिँडेपछि मात्रै अरु आउँछन् भनेर विनम्रतापूर्वक अनुरोध गरेको हो, त्यो चाँहि आएन । कम्मरमा हात लगाएर उ गरेको चाहिँ आयो । उहाँ अग्लो, म होचो । कृपया गइदिउँन भन्ने कुरालाई चाहिँ फोकस गरियो ।
तपाईंकै पार्टीका नेताहरुले मन्त्रीले पदीय मर्यादा ख्याल नगरेको भन्नुभएको छ नि ?
मैले कुनै पनि मनभावनामा गलत गरेको छु, तलतलका टिनएजर भएको भए हुन्थ्यो, बुढापाका दिदीबहिनीहरुलाई नै रिक्वेस्ट गरेको छु । त्यस्तो बुझाइ बिल्कुलै बेठीक बुझाइ हो ।
अधिकारवादीहरुले मन्त्रीले सार्वजनिकस्थलमा महिलामाथि दुर्व्यवहार गरे भनेका छन् नि ?
तीन तीन हजार भएका ठाउँमा मैले जोरजुलुम गर्ने, उहाँहरुले प्रतिकार गर्ने भएको भए महिला हिंसा हुन सुहाउने कुरा थियो । सबैजना रमाइलो मुडमा हुनुहुन्थ्यो ।
यस विषयमा आज पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष वामदेव गौतमले तपाईंसँग प्रष्टिकरण लिनुभएको छ ? के कुरा भयो ?
मैले तपाईंलाई जे अहिले जे भनें यथार्थ भनेको छु । म एक्लै थिइनँ । मन्त्रालयका सचिव, सहसचिव, विभागीय प्रमुखहरु हुनुहुन्थ्यो । मैले उहाँहरु (ओली र गौतम)लाई यहि भनें । होलीमा रंग खेलिन्छ, असारमा हिलो खेलिन्छ । त्यहि आधारमा गरिएको हो । पहिले किसान महासंघको सचिव भएकाले किसान दाजुभाइ दिदीबहिनीहरु घर परिवारका जस्तै लाग्छ । उहाँहरुले पहिले पनि बोलाउनुहुन्थ्यो । फरक के भयो भने यसपालि मन्त्री भएकाले बढी फोकस गर्‍यो मिडियाले पनि । खै त्यस्त्रो हिलो खेलियो एउटै फोटो आएन मिडियामा ।
पहिले यस्तो गतिविधि भएको थिएन होला नि मन्त्रीज्यू ?
त्यतिबेला किसान महासंघको रोपाइँमा तानेरै ल्याइन्थ्यो । निवेदन गरें । निवेदन गर्दा पनि मान्नुभएन खेतको आलीमा ल्याएर धकेल्देको त छैन नि कसैलाई ?
यस प्रकरणमा क्षमा माग्नुपर्ने कुरा धेरैतिरबाट आएको छ । तपाईं के भन्नुहुन्छ ?
धान रोपाइँलाई शुद्ध मनसायनका साथ उत्सवकारुपमा मनाउने हो । म कसैलाई आघात त पुर्‍याउनै चाहन्न । रमाइलो भन्दैमा कसैलाई दु:खी बनाउने त होइन नि । तर, कसैलाई आघात पुगेको छ भने क्षमाप्रार्थी छु । 

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...