Saturday, July 4, 2015

वैशाख १२ गते, २०७२ । भूकम्पका दिन खिचिएका केही तस्विर ।

बाैद्धको मोक्तान प्लाजामा ब्युटिसिजर क्लब उद्घाटन गर्दै मोडल हिमानी तुम्बाहम्फे, मोडल तथा अारजे कला सुब्बा । यही कार्यक्रमको समाचार संकलन गर्न त्यहाँ पुगेको थिएँ ।
७.६ म्याग्निच्युडले हल्लाएपछि बाहिर निस्कदाँ देखिएको टुसालको दृश्य ।
ह्यात रेजिन्सी नजिकै रहेको पर्खाल यसरी ढलेको थियो ।
चाबहिल चोकमा मानिसको भींड ।
कार पनि सुरक्षा खोज्दै भींडभित्र घुस्रियो ।
जयबागेश्वरीमा घर भत्केर यस्तो देखियो ।

जय बागेश्वरीमा रहेको मन्दिरको गजुर यसरी ढलेको थियो ।

रातोपुल नजिकै देखिएको एउटा दृश्य ।

पानीपोखरी नजिकैको घर यसरी भत्किएको थियो ।

भत्केको घरमा परी निधन भएको एक अज्ञात ।

दरबारमार्गमा मानिसहरू खुला ठाउँमा बस्दै ।

जामे मस्जिदको एक कुना ।

घन्टाघर ठडिएकै थियो ।

एक स्वंमसेवी प्रहरी कार्यालय रानीपोखरी नजिकै ।

रात्नपार्कमा ।

भोटाहिटी जाने बाटोमा


सैनिक मञ्च टुँडिखेल जाने गेट यसरी भत्केको थियो ।

टुँडिखेल जाने अर्को गेट यसरी भत्केको थियो


मानिसहरू टुँडिखेल भित्र पस्ने क्रममा ।

टेम्पोमा सुरक्षा खोज्दै ।

धरहरा हेर्ने प्रयास, तर हेर्न पाइएन ।

भद्रकाली, सैनिक मुख्यालयमा शरण लिदै ।

दशरथ रंगशालाकाे अवस्था ।

राजा महेन्द्रको शालिक, जुन त्रिपुरेश्वरमा छ ।


थापाथलीकाे मन्दिर ।


रेस्लिङ रिङ । कुमारीमाटीमा महोत्सव चल्दै थियो ।





Wednesday, July 1, 2015

सर्वोच्चमै भ्रष्टाचार

सर्वोच्च अदालत सूचना प्रविधि शाखामा कम्प्युटर, प्रिन्टर, ल्यापटपलगायतका विद्युतीय सामग्री खरिदमा अनियमितता भएको छ । सार्वजनिक खरिद ऐनविपरीत सूचना प्रविधि समितिले खरिद सम्झौता गरेको छ ।
समितिको नेतृत्वमा प्रधानन्यायाधीश रामकुमारप्रसाद साह छन् । समितिले करिब चार करोड रुपैयाँको कम्प्युटर, प्रिन्टर, ल्यापटपलगायतका विद्युतीय सामग्री खरिद गर्न बोलपत्र आह्वान गरेको थियो । बोलपत्रमध्ये डेस्कटप कम्प्युटर खरिदमा मात्र संस्थालाई ४० लाख रुपैयाँभन्दा बढी हानिनोक्सानी हुने गरी सम्झौता भएको छ ।

एमालेले कृषिमन्त्री हटाउने

असार १५ को कृषिपर्वका अवसरमा एक स्थानीय महिलाप्रति अशोभनीय र अमर्यादित व्यवहार प्रदर्शन गरेवापत कृषिमन्त्री हरि पराजुलीलाई राजीनामा दिलाउने निष्कर्षमा एमाले नेतृत्ववर्ग पुगेको छ।
आफ्नै पार्टी एमालेका महिला सांसदसहित विभिन्न राजनीतिक दलबाट कृषिमन्त्री पराजुलीको बर्खास्तगीको माग हुन थालेपछि उनलाई पदमा राख्नु दल र सरकारकै लागि प्रत्युत्पादक हुने निष्कर्षमा नेताहरु पुगेको एमाले स्रोतले अन्नपूर्णलाई जानकारी दिएको छ।

मलाई लडाएपछि हिलो दलेको हुँ : मन्त्री पराजुली

मंगलबार असार १५ मा काठमाडौंको मूलपानीमा आयोजित रोपाईं कार्यक्रममा महिलाहरुमाथि अभद्र व्यवहार गरेको भनेर कृषि मन्त्री हरिप्रसाद पराजुलीको आलोचना भइरहेको छ । उनकै पार्टी एमालेका नेताहरुले उनको व्यवहारको आलोचना गर्दै कारबाहीको माग गरिरहेका छन् । तर, मन्त्री पराजुली भने आफूले कुनै गलत नियतले त्यस्तो काम नगरेको दाबी गर्छन् । बुधबार साँझ ईकान्तिपुरले मन्त्री पराजुलीसँग गरेको कुराकानी :
आज त निकै व्यस्त हुनुभयो होला है ?

जब कृषिमन्त्री हरिप्रसाद पराजुलीले अश्लिल हर्कत देखाए … (भिडियोसहित)

CIAA Shots

Commission for the Investigation of Abuse of Authority-CIAA