Monday, March 2, 2015

पारस जेलबाट नछुट्नुको कारण त यस्तो पो रहेछ

काठमाडौं – दुई महिनादेखि जेलमा रहेका पूर्वयुवराज पारस शाहसँग थाइल्यान्डको अदालतले अनौठो प्रमाण मागेको छ ।

सेरेमोनियल भएपछि शक्तिशाली राजतन्त्र रहेको थाइल्यान्डमा उनलाई नेपालको पूर्वयुवराज भएको प्रमाण मागिएको छ । नेपाल सरकारबाट उनले आफू पूर्वयवराज भएको प्रमाणित चिठी अदालतमा पेश गर्न सके उनी एक महिनाभित्रै छुट्ने सम्भावना छ ।


पारसका साथीहरुले मौखिक रुपमा त्यसबारे दूतावासमा कुरा राखेका छन् । लिखित रुपमा भने त्यस्तो निवेदन नआएको बैंककस्थित नेपाली दूतावासका कन्सुलर डोरनाथ अर्यालले बताएको आजको दृष्टि साप्ताहिकमा खबर छ । साथीभाइ नभई पारसका परिवारले त्यसबारेमा निवेदन दिए मात्र त्यस उपर निर्णय गर्ने सोच दूतावासका अधिकारीले बनाएका छन् ।

पारसलाई सहयोग गर्दै आएका वैंककस्थित नेपाली युवा सुनिल खड्काका अनुसार नेपाली दूतावासमा प्रमाणित गरिदिन दिइसकिएको छ । प्रेमिका कन्निकाको गृहनगर नामखाई जाँदा तीन महिनाअघि पारस तीन थरी लागूऔषधसहित पक्राउ परेका थिए । सुरुमा उनी धरौटीमा छुटेका थिए । 

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...