Tuesday, March 3, 2015

राजदरबारको झ्यालबाट नांगो मानिस निस्किएपछि…(भिडियोसहित)

बेलायती राजदरबारको शयनकक्षको झ्यालबाट एकजना निर्वस्त्र पुरुष डोरीको सहायताले तल ओर्लिँदै गरेको भिडियो इन्टरनेटमा सार्वजनिक भएपछि त्यसले ठूलै तहल्का मच्चाएको छ ।

भिडियोमा बकिंघम दरबारमा सुरक्षाकर्मीको बदलीको समारोह ९चेन्जिङ अफ गार्ड० समारोहका बेला एक जोडी पर्यटक ग्रिन पार्कको बाहिर कन्स्टच्यिुसन हिलमा उभिइरहेको देखिन्छ । केही बेर दरबारका सुरक्षाकर्मीको घोडसवारमा भिडियो केन्द्रित हुन्छ र त्यसपछि भिडियो खिच्नेको दृष्टि दरबारतर्फ पुग्छ र एउटा दृष्यमा क्यामरा जूम गरिन्छ ।



एकजना निर्वस्त्र मानिस दरबारको एउटा झ्यालबाट तन्नाको डोरीमा झुण्डिएर तल ओर्लिँदै गरेको भिडियोमा देख्न सकिन्छ ।

दरबारको झ्यालबाट निस्केर निर्वस्त्र मानिस डोरीमा झुण्डिएर तल झुण्डिइरहेको दृश्य दरबारको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुले देख्दैनन् । केही सेकेण्डमै उक्त तल ओर्लिँदै गरेको अवस्थामा जमिनभन्दा २० फिट माथि आइपुग्दा नियन्त्रण गुमाएर भुइँमा खस्दछ ।


उक्त घटनाप्रति सुरक्षाकर्मी तथा अन्य सबै मानिसहरु अनभिज्ञ हुन्छन् ।
डेलीमेलका अनुसार ४५ सेकेण्डको उक्त भिडियो साँच्चीकै नभएर कसैले कम्प्युटरको सहायताले बनाएको बनाबटी भिडियो हो । बकिंघम दरबारले उक्त भिडियोको बारेमा कुनै प्रतिक्रिया दिन अस्विकार गरेको बताइएको छ । प्रहरीले पनि बकिंघम दरबारको झ्यालबाट निर्वस्त्र मानिस ओर्लिएको विषयमा कुनैपनि रिपोर्ट दर्ता नभएको जनाएको छ । अनलाइनखबर.कमबाट


No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...