Tuesday, February 17, 2015

यस्तो जेल, जहाँ कैदीलाई मारेर मासु समेत खाइन्छ

जेल भन्ने ठाउँ सबैको लागि अप्रिय नै हुन्छ । अपराधी बस्ने ठाउँ जेलमा चाहेका सुखसुविधा हुने कुरै भएन । तर दुनियामा केही त्यस्ता जेल हुन्छन् जसमा कैदीको जिवन समेत निकै खतरामा हुन्छ र त्यहाँको अवस्थाको बारेमा सुन्दा जिउ काँप्छ ।

रुवान्डाको गीतारामा सेन्ट्रल जेल दुनियाको सबैभन्दा खतरनाक जेल हो । खतरनाक भन्ने बित्तिकै यहाँ कैदीहरुलाई चरम यातना दिइन्छ भन्ने ठान्नुहोला । तर होइन यहाँ सुरक्षाकर्मीद्वारा होइन कैदीहरुबीचमै मारामार हुन्छ । कैदीहरुले नै अरु कैदीलाई माछैन् र शवको मासु खान्छन् ।


यो जेलमा ६ सय कैदी अटाउने क्षमता छ । तर यहाँ ७ हजार जना कैदी राखिएको छ ।
कैदीका लागि बस्न समेत ठाउँ नहुँदा धेरै कैदीहरुले दिनरात उभिएरै समय कटाउनुपर्छ । धेरै कैदीहरु फोहोर तथा हिलोमा उभिएका हुन्छन् । फोहोरका कारण जेलभित्र रोगका कारण धेरै कैदीहरु विरामी पर्दछन् ।

जेल प्रशासनले कैदीका लागि पर्याप्त खानेकुरा र बासको समेत व्यवस्था गर्न नसक्दा जेलभित्र मान्छेको मासु खाएको घटना बाहिर आउँदा बेलाबखतमा यो जेलका विषयमा मानवअधिकारकर्मीहरुले समेत चिन्ता व्यक्त गर्ने गरेका छन् । तर यो जेलमा सुधार हुन सकेको छैन । अनलाइनखबर.कमबाट

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...