Thursday, January 15, 2015

धोका दिएको भन्दै पत्नीले दुई पटक काटिन् पतिको लिंग

आफूलाई धोका दिएको थाहा पाएपछि पतिको लिंग दुई पटक काटिदिने पत्नीलाई प्रहरीले पक्राउ गरेको छ । चीनियाँ सञ्चार माध्यमहरुलाई उद्धृत गर्दै मिरर अनलाइनले बताएको हो ।

चीनमा प्रकाशित समाचारका अनुसार पाँच जना छोराछोरीका बुवा ३२ वर्षीय फान लुङले आफ्नो पत्नीको फोन प्रयोग गरेर २१ वर्षीय प्रेमिका झाङ हुङलाई इमेल पठाएका थिए । तर, उनले पछि त्यहाँबाट आफ्नो इमेल एकाउण्ट लगआउट गर्न बिर्से ।



जब उनको पत्नी फेङले यो इमेलको साथै अन्य थुप्रै आपत्तिजनक इमेल देखिन्, रिसले चुर हुँदै उनी आफ्नो पति सुतिरहेको कोठामा पुगेर कैंचीले लिंग काटिदिइन् ।

घटनापछि फानलाई अस्पतालमा लगिएको थियो जहाँ उनको लिंगलाई पुनः जोडिएको थियो ।
तर, फेङ पुनः अस्पताल पुगेर आफ्नो पतिको लिंग दोस्रो पटक काटिदिइन् । त्यसपछि उक्त लिंगलाई झ्यालबाहिर फालिदिइन् ।

अस्पतालका प्रवक्ता अनुसार उनीहरुले एक नाङ्गो व्यक्तिलाई अस्पताल बाहिर पिट्दै गरेको देखेका थिए । ‘जब हामी नजिक पुग्यौं त्यहाँ हामीले अस्पतालकै बिरामीलाई खुट्टातल रगत बगिरहेको अवस्थामा पायौं,’ उनले भने । त्यहाँ पुग्दा मात्र अस्पतालका कर्मचारीले फानको लिंग पुनः काटिदिएको थाहा पाए ।

डाक्टर र पुलिसले अस्पताल वरपरको क्षेत्रमा फालिएको लिंगको खोजिगरेपनि त्यसलाई फेला पार्न सकेनन् । उनीहरुले त्यसलाई कुकुर वा बिरोलोले लगिदिएको अनुमान गरेका छन् ।
निकै रगत गुमाएका फानलाई तत्काल अपरेसन थिएटरमा लगेर उपचार गरिएको थियो ।
लिंग गुमाए पनि फानकी प्रेमिका अझै पनि उनीसँग विवाह गर्न चाहन्छिन् ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...