Wednesday, January 7, 2015

तारा एयर विश्वकै असुरक्षित हवाई कम्पनी

केही समयअघि उडान नै अयोग्य भनेर सिफारिस गरिएको जहाज ‘सेटिङ’मा दर्ता गरेर बिक्रीमा राख्ने तारा एयर विश्वकै असुरक्षित विमान कम्पनीको रुपमा अन्तर्राष्ट्रिय एजेन्सीले सूचीकृत गरेको छ ।

अमेरिका मुख्यालय रहेको ‘एयरलाइनरेटिङ्स डटकम’ नामक नामक वेभसाइटले विश्वभर सबै हवाई कम्पनीको वर्तमान अवस्था सार्वजनिक गर्दै तारा एयरलाइन्सलाई विश्वकै असुरक्षित चार हवाई कम्पानीको सूचीमा समावेश गरेको छ ।


तारा एयरसँगै नेपालबाट राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स समेत असुरक्षित हवाई कम्पनीको सूचीमा सूचीकृत भएको छ । नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानले राम्रै विश्वास आर्जन गरे पनि दुर्घटनाबाटै सकिएको आन्तरिक उडान भर्ने जहाजका कारण नेपाल एयरलाइन्सको साख नराम्रोसँग गुम्नपुगेको छ । सो वेबसाइटले नेपालको तारा एयरलाई पुराना दजहाज तथा बढी दुर्घटनाको कारण मानवीय क्षति हुने जहाज भन्दै असुुरक्षित हवाई कम्पनीको रुपमा दर्ज गरेको हो । आजको आर्थिक दैनिकमा खबर छ । 

No comments:

CIAA Shots

Commission for the Investigation of Abuse of Authority-CIAA