Wednesday, January 7, 2015

करिष्मा मानन्धरः उमेर ४० पार, उनको अगाडी सबै बेकार

नेपाली सिने जगतकी निकै चर्चित नायिका करिष्मा मानन्धरलाई नचिन्ने को होला र रु उनी उमेरले ४० नाघिसकेकी छिन् तर उनको अनुहारको चमक भने फिल्ममा उदाएका नव नायिकाहरुको भन्दा कम छैन ।


अझ भन्ने हो भने उनको सौन्दर्यमा कुनै नायिकाहरुले प्रतिस्पर्धा गर्न सक्दैनन् । यदि कसैले गरेमा त्यो बेकार हुनेछ । वि।सं २०२७ मा जन्मिएको बताउने करिष्मा अहिले आफ्नो ४४ वसन्तमा छिन् । उनका तस्बिरहरु हेर्दा लाग्छ, उनी आफ्नो टिनएजमा नै छिन् ।

उनको फेसबुकमा टहल्दा देखिने तस्बिरहरु हेर्दा लाग्छ उनको उमेर किमार्थ यति पुगेको छैन । पर्याप्त मात्रामा पिएको पानी, व्यायाम र छोटो अन्तरालमा खाने बानीले उनको सौन्दर्यलाई कम हुन नदिएको उनले बताउने गरेको सुनिन्छ । १४ वर्षको उमेरमा नै अभिनयमा लागेकी करिष्माले थुप्रै चलचित्रमा अभिनय गर्न भ्याएकी छिन् ।

फिल्ममा उनलाई राजेश हमालसँगको जोडी सुहाउने उनका प्रशंसकहरु अझै बताउने गर्दछन् । कोहीले त उनलाई वास्तविक जीवनमा पनि राजेश हमालसँगै विवाह गर्नुपर्ने सल्लाह नदिएका पनि होइनन् । फिल्मी दुनियाँसँग संलग्न विनोद मानन्धरसँगको विवाह पश्चात् उनी केसीबाट मानन्धर भएकी हुन् । विनोद र करिष्माकी कविता नामकी छोरी छिन् जो अमेरिकामा बस्ने गर्दछिन् । रातोपाटी.कमबाट

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...