Thursday, January 15, 2015

नेपालमा फलफूल खाने भन्दा मदिरा पिउने धेरै

शरीरको आवश्यकताअनुसार दैनिक फलफूल तथा तरकारी खाने नेपालीको संख्या कुल जनसंख्याको एक प्रतिशत मात्र छ । तर, दैनिक मदिरा पिउनेको संख्या भने औषत तीन प्रतिशतभन्दा बढी छ ।


स्वास्थ्य अनुसन्धान परिषद्ले विश्व स्वास्थ्य संगठनको सहयोगमा सन् २०१३ मा गरेको ‘नसर्ने रोगको जोखिम पक्ष’को सर्वेक्षणमा दैनिक मदिरा सेवान गर्नेको संख्या बढी देखिएको हो । स्वास्थ्य हुन आवश्यक फलफूल तथा तरकारी नखाने, तर शरीरलाई हानी गर्ने मदिरा सेवन गर्ने बढी भएकाले विभिन्न रोगको जोखिम बढाएको निष्कर्ष अनुसन्धानको छ ।


नेपालको कुल जनसंख्या दुई करोड ६६ लाख छ । ९८ दशमलब ९ प्रतिशत जनसंख्याले आवश्यकताअनुसार दैनिक फलफूल नखाने अनुसन्धानले देखाएको छ । स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा। खेमबहादुर कार्कीका अनुसार फलफूल तथा तरकारी सेवन दर बढाउनुपर्नेमा कम र रक्सीको सेवनदर घटाउनुपर्नेमा बढी हुँदा उल्टो भएको छ । यसले मुटु, क्यान्सर, मधुमेह तथा उच्च रक्तचापजस्ता स्वास्थ्य समस्या बढाएको छ । नयाँ पत्रिकामा खबर छ ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...