Thursday, January 15, 2015

द्विविधामा फर्के राष्ट्रसंघका उपमहासचिव

नेपालको पछिल्लो घटनाक्रमबारेमा प्रत्यक्ष जानकारी लिन राजधानी आएका राष्ट्रसंघिय उपमहासचिव जेफ्रे फेल्टम्यान यहाँको राजनीतिक अवस्थाबाट आफैं द्धिविधामा परेर फर्केका छन् ।

उनी टर्किस एअरलाइन्सबाट मुख्यालय र्फकनु अघिसम्म निकटस्थहरुलाई भन्दै थिए, सबै सकारात्मक छन् । तर, कसको कुरा ठीक हो भन्ने । राजनीतिक अन्यौल नै पाएँ । के कुरामा अडेको भन्नेमा नेताहरू नै आफै अन्यौलमा रहेको पाएँ । महासचिवलाई राजनीतिक अन्यौल कायम रहेको सुनाउनुको विकल्प छैन ।


उनले संविधानसभामा शतप्रतिशत सहमति हुन नसके पनि अधिकतम समझदारीमा संविधान जारी गर्न सबै नेतालाई आग्रह गरे । तर, उनले प्रजातान्त्रिक प्रक्रियाबाट संविधान जारी गर्न भनेनन् । उनले शतप्रतिशत समझदारीबाट ल्याउनु भन्ने आँट पनि गरेनन् ।

यसबाट उनी मुलुकको राजनीतिक अवस्थाबारे अन्यौल र द्विविधमा परेको देखिएको एक अधिकारीले बताए । परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, प्रत्यक्ष जानकारी चाहिएको हुन्छ त्यो लिए गए । अन्य कुरा थाहा नै थियो । उनले अधिकतम लचकता अपनाउन सबैलाई आग्रह गरेर फर्केका छन् जुन आग्रह राष्ट्रसंघले सन २००६ देखि नै गर्दै आएको हो ती अधिकारीले भने । कान्तिपुर दैनिकमा खबर छ ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...