Saturday, January 17, 2015

१७ घण्टासम्म उत्तेजित भैरहेपछि उत्तेजना शान्त पार्न गुप्तांगमा २४ सुइ


यो एउटा अपवाद हुनसक्छ, तर सत्य हो । एक युवकको लिंग लगातार १७ घण्टासम्म उत्तेजित भैरहेपछि डाक्टरहरुले उसको लिंगमा भरिएको दुइ पिन्ट रगत बाहिर निकाल्नुपरेको छ ।

डाक्टरहरुले यसरी उत्तेजित लिंगको रगत निकाल्नुअघि रक्तप्रवाह कम गर्नका लागि २४ वटा सुइ लगाइदिए ।
बेलायतको नर्थ योर्कसायरमा होटलमा काम गर्ने २३ वर्षका ज्यासन गार्नेटको गुप्तांगलाई शान्त पार्नका लागि डाक्टरहरुलाई समेत हम्मे हम्मे पर्यो ।



अघिल्लो रात आफ्नी गर्लफ्रेण्डसँग सहवास गरि सुतेका गार्नेट रातभर सुतेपनि अर्को विहान उठ्दा आफ्नो गुप्तांग उत्तेजित नै भएको देखेपछि झसँग भए । उनले गुप्तांगलाई उत्तेजित नपार्न धेरै प्रयास गरे, तर सकेनन् । उनले लिंगलाई शान्त पार्नका लागि बरफले सेक्ने, चिसोले नुहाउनेदेखि लिएर जगिङ समेत गरे । तर त्यसले काम नगरेपछि उनी अस्पताल पुगे ।

डाक्टरहरुले गुप्तांगमा जमेको रगत बल्लतल्ल निकालेर उनको लिंगको उत्तेजना हटाइदिएर सामान्य अवस्थामा ल्याइदिएपछि उनले आफुले नयाँ जिवन पाएको बताए । यो घटना आफ्नो जिवनको सबैभन्दा डरलाग्दो घटना भएको बताए ।

डाक्टरहरुले आफ्नो लिंगमा सुइ रोपेको घटना सबैभन्दा डरलाग्दो अनुभव भएको भन्दै उनले त्यसलाई हरर फिल्मसँग तुलना गरेका छन् । आफुलाई पूरापूर पीडा महसुस भएको उनको भनाइ छ । अनलाइनखबर.कमबाट

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...