Thursday, January 8, 2015

बान की मुनलाई प्रधानमन्त्रीको पत्र संविधान 'फाइनल स्टेजमा'

प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माण अन्तिम अवस्थामा पुगेको र सबै काम छलफलका माध्यमबाटै अघि बढेको लिखित जानकारी संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनलाई दिएका छन्।


कोइरालाले महासचिव बानलाई यस्तो पत्र पठाए पनि नेपालमा भने संविधान निर्माणमा सहभागी हुनुपर्ने मुख्य राजनीतिक दलहरूबीच कटुतापूर्ण सम्बन्ध झनै बढिरहेको छ।



बानलाई गत साता पठाइएको पत्रमा दलहरूले संविधान निर्माण प्रक्रियालाई अन्तिम रूप दिइरहेको प्रधानमन्त्रीले उल्लेख गरेका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राष्ट्रसंघको मुख्यालयमा नेपालको संविधान निर्माणको काम तोकिएको समयमा गर्न दलहरूले सकारात्मक वातावरण बनाउन नसकेकोबारे विभिन्न रिपोर्टहरूमा छलफल भएको थियो।

यिनै छलफलका आधारमा नेपालमा दलहरूबीच तिक्तता बढ्दै गएका बेला राष्ट्रसंघका महासचिव बानले लिखित रूपमै प्रधानमन्त्रीलाई चासो व्यक्त गरेका थिए। न्युयोर्कस्थित नेपाली नियोगमार्फत प्राप्त बानको पत्रको जबाफ दिँदै कोराइलाले सबै पक्षको साथ लिएर काम गरिरहेको उल्लेख गरेका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार दिनेश भट्टराईले महासचिव बानले नेपालको संविधान निर्माण प्रक्रिया कुन अवस्थामा रहेको भन्ने जिज्ञासा पत्रमार्फत सोधेको बताए।

उनले भने, ुजबाफमा प्रधानमन्त्री कोइरालाले आफूसहित नेपालका दलहरू संविधान निर्माण प्रक्रियालाई अन्तिम रूप दिन लागिपरेको र त्यसैका लागि सघन छलफल चलिरहेको जानकारी गराउनुभएको छ।ु उनले सन् २००५ देखि चलिरहेको संविधान निर्माण प्रक्रिया ुफाइनल स्टेजु मा रहेको जबाफ पठाइएको बताए।

महासचिव बानले प्रधानमन्त्री कोइरालालाई लेखेको पत्रमा नेपालका दलहरूले संविधान लेखनका लागि गरेका प्रयास बुझ्न आफूले उपमहासचिवलाई नेपाल पठाउन लागेको उल्लेख गरेका छन्।

महासचिवका विशेष प्रतिनिधिका रूपमा पुस २९(माघ १ सम्म नेपाल भ्रमणमा आउन लागेका राजनीतिक मामिलासम्बन्धी उपमहासचिव जेफ्री फोल्टम्यानले संविधानसभामा प्रतिनिधित्व गर्ने मुख्य राजनीतिक दलका प्रमुख नेताहरूसँग भेट गर्नेछन्।

परराष्ट्र स्रोतका अनुसार उपमहासचिव जेफ्री महासचिव बानसँगै शनिबारदेखि भारत भ्रमणमा सरिक भएर नेपाल आउनेछन्।

नले राष्ट्रपति डा। रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, सभामुख सुवास नेम्बाङ, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र मेधसी मोर्चाका नेताहरूसँग भेट गर्ने कार्यक्रम तय भएको पराराष्ट्रले जनाएको छ।

उनले सेनापति गौरवशमशेर राणासँग पनि भेट गर्नेछन्। राष्ट्रसंघले नेपालबाटै फस्ट ह्यान्ड सूचना लिन खोजेकाले उपमहासचिवले राजनीतिक भेटघाटको कार्यक्रम राखेको जानकारी परराष्ट्र स्रोतले दियो। अन्नपूर्ण पोस्टमा खबर छ ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...