Thursday, January 1, 2015

पोर्न फिल्म हेर्नेलाई मृत्युदण्ड

अमेरिकी राजधानीमा हमला गर्नेलगायत आक्रामक अभिव्यक्ति दिएर चर्चामा आउने उत्तर कोरिया अजिब खालका नीति–नियम लागू गर्ने मुलुकका रूपमा समेत प्रसिद्ध छ । उत्तर कोरियामा प्रचलित अजिब खालका नियम–कानुनमध्ये पोर्न फिल्म हेर्नेहरूप्रतिको नियम पनि अनौठो छ ।

उत्तर कोरियामा कसैले पनि पोर्न फिल्म हेर्न पाउँदैन । पोर्न फिल्म हेर्दै गरेको अवस्थामा कुनै व्यक्ति पक्राउ परे उसलाई मृत्युदण्डको सजाय सुनाइन्छ ।



उत्तर कोरियासम्बन्धी यस्ता अनौठा तथ्य अरू पनि छन् । त्यहाँ कार राख्ने सुविधा सर्वसाधारणले पाउँदैनन् । सैनिक र सरकारी अधिकारीबाहेक अरू कसैलाई कार उपयोग गर्नमाथि त्यहाँ प्रतिबन्ध लगाइएको छ । यो कानुन अत्यन्तै कडाइका साथ लागू गरिँदै आएको छ ।

त्यस्तै उत्तर कोरियाली जनताले जिन्सका कपडासमेत लगाउन पाउँदैनन् । कसैले जिन्सका कपडा लगाएको फेला परेमा सजाय दिने गरिन्छ । त्यही भएर उत्तर कोरिया पुग्नेहरूले जिन्सका कपडा लगाएका मानिस देख्न पाउँदैनन् ।

त्यस्तै उत्तर कोरियामा भिखारीहरूको फोटो खिच्नमा पनि प्रतिबन्ध लगाइएको छ । भिखारीको फोटो कुनै माध्यमबाट देशबाहिर गए पूरै देशको बेइज्जत हुने भन्दै भिखारीको फोटो खिच्नेहरूलाई सजाय दिने गरिन्छ ।

उत्तर कोरियाली जनताले आफूखुसी हेयरस्टाइलसमेत चयन गर्न सक्दैनन् । त्यहाँका महिलाहरूका लागि सरकारले २८ वटा हेयरस्टाइल तय गरिदिएको छ । यीमध्ये कुनै एक स्टाइलमा महिलाहरूले कपाल काट्न पाउँछन् ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...