Tuesday, December 16, 2014

अनुगमन टोलीलाई थुने विद्यार्थीले

गुरुकुल उच्च माध्यमिक विद्यालय तथा कलेजका विद्यार्थीको बिचल्ली भएपछि समस्या समाधानका लागि पुगेको टोलीलाई नै विद्यार्थीहरूले थुनेका छन् । समस्या समाधान नगरेसम्म बाहिर जान नदिने भन्दै टोलीलाई विद्यार्थीहरूले अवरोध गरेका थिए ।

उच्च माध्यमिक शिक्षा परिषद्ले समस्या समाधानका लागि बनाएको समितिका संयोजक प्राध्यापक चिरञ्जीवी शर्मा, परिषद्का कर्मचारीलगायतको टोलीलाई विद्यार्थीले गेटमा ताला लगाएर बाहिर निस्कन नदिएका हुन् ।

समितिले बिचल्लीमा परेका विद्यार्थी सबैलाई एउटै कलेजमा ट्रान्सफर गर्ने तयारी गरेपनि विद्यार्थीहरूले आफूखुसी जान पाउनुपर्ने भन्दै बाहिरबाट ताला लगाइदिएका थिए । केही समयपछि प्रहरीले ताला खोलिदिएको थियो ।



समितिले विद्यालयमा तीन दिनदेखिछानबिन गरिरहेको छ । छानबिनका क्रममा मंगलबार विद्यालयमा पुग्दा विद्यार्थीहरूले आफूहरूलाई जुनसुकै हालतमा पढ्न पाउने व्यवस्था गरिदिन आग्रह गरेका थिए ।

समितिका पदाधिकारीलेसबैलाई एउटै उच्च माविमा पढ्ने व्यवस्थाको विकल्प प्रस्तुत गर्दा विद्यार्थीले केहीबेर अभद्र व्यवहार गरेका थिए ।

समस्या समाधान नगरेसम्म समितिका अधिकारीबाहिर जान नपाउने जनाएपछि समितिले महानगरीय प्रहरी वृत्त गौशाला गुहारेको थियो । आक्रोशित विद्यार्थीले तत्काल पढ्ने व्यवस्था गरिदिन आग्रह गर्दै केहीबेर नाराबाजी गरेकाथिए । नयाँ पत्रिका दैनिकमा समाचार छ । 

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...