Thursday, October 31, 2013

गाउँकी गोरी, सहरमा झरेसी गायिका भइयो–मेनुका राई, गायिका

गाउँकी गोरी, सहरमा झरेकी
बरूली कम्मर परेकी
१, २, ३
मर्छन् रे नदेख्दा एकैछिन

यही बोलको गीत अहिले चर्चाको शिखरमा छ । एल्बम ‘१, २, ३’ एल्बमको शीर्ष गीत हो यो। सय भन्दा बढी गीतमा स्वर भरिसकेकी उनको यो दोस्रो एल्बम हो । चार वर्ष अघि उनले पहिलो एल्बम ‘माया आरिसे’ बजारमा ल्याएकी थिइन् ।
विसं २०५६ मा रेडियो नेपालमा गीत गाएर सांगीतिक जीवन सुरु गरेकी उनी खोटाङ बुइपाकी हुन् । गाउँघरका भाकालाई आधुनिकमा उतार्ने बताउने उनले लोकदोहोरीमा पनि स्वर दिएकी छन् । दशैं नजिकिदै गर्दा यी गायिका स्टेज कार्यक्रमका लागि व्यस्त थिइन् । आफ्नो दोस्रो एल्बमको प्रचारका लागि दशैंका स्टेज कार्यक्रमले निकै सघाउने उनको विश्वास पनि रहेछ । उनै गायिका मेनुका राइसँग नेत्र तामाङले गरेको कुराकानी ः



१,२,३ कस्तो खालको एल्बम हो ?

यसमा आधुनिक गीतहरु छन् । ‘म त गाउ“की गोरी, शहरमा झरी’ अहिले चर्चामा छ । गाउ“बाट काठमाडौं आउ“दाको सम्झनालाई ताजा पार्न यो गीत गाएकी  । ८ वटा गीत समावेश छन् एल्बममा ।

एल्बमको नाम अंकमा राख्नुभएको छ, यस्तो जुक्ति कसरी लाउनुभयो ?

अरुको एल्बममा भन्दा फरक र युनिक होस भनेर यस्तो राखेकी हुँ । क्याची पनि हुन्छ भनेर यस्तो नाम राखेकी हुँ । सायद श्रोता दर्शकले यो एल्बमलाई धेरै समयसम्म सम्झिरहनुहुनेछ जस्तो मलाई लाग्छ ।

तपाईको पहिलो एल्बम पनि आधुनिक, यसपालाको पनि उही विधा छ, तर लोकगायिका पनि भन्न रुचाउनुहुदोँ रहेछ ?

हो, मेरो संग्रहित एल्बम दुबै आधुनिक हो । तर मैले लोक, पप, लोकदोहोरी पनि गाएकी छु । फिल्मका गीतहरु पनि गाएकी छु । मैले गायन यात्रा नै लोकदोहोरीबाट सुरु गरेकी हुँ । त्यसैले आधुनिक गायिका नै भन्नु भन्दा पनि सबै विधामा आफुलाई चिनाउन चाहान्छु ।

कसरी लाग्नुभयो गायन क्षेत्रमा ?

नानीदेखि लागेको बानी नै भनौ । घरमा रेडियोमा सुनेका गीत गुनगुनाउँथे । स्कुलमा हुने कार्यक्रममा भाग लिन्थें ।  बाबा शिक्षक हुनुहुन्थ्यो । उहाँले विभिन्न प्रतियोगितामा सहभागी गराईदिनुहुन्थ्यो । काठमाडौं आएपछि पनि यही विषयमा उच्च शिक्षा थालें । त्यही क्रममा बुलु मुकारुङ दाईले एकपटक सिंहदरबारभित्र बोलाउनुभयो । र, फिमेल भ्वाइस चाहेको छ भन्दै एउटा गीतमा स्वर भर्न लाउनुभयो । त्यसयता संगीत क्षेत्रमा लागियो ।

अहिले पुरै समय गायनमा खर्चिदैं हुनुहुन्छ ?

अहिले मात्र होइन, पहिले देखि नै गायन क्षेत्रमै सयम खर्च गरेकी छु । त्यसैले यो क्षेत्र, विषय निकै मन प¥यो । पसिना परेकोले होला । अब छाड्दिन । भन्छन् नि यो नशा नै भइसक्यो । मलाई नै त्यस्तै भइसक्यो ।  पढाई पनि इन्दिरा कला निधी, इलाहावाद भारतबाट शास्त्रीयमा डिप्लोमा सकाएकी छु । अबका समय पनि यही क्षेत्रमा खर्च गर्छु ।

हिजोआज यो क्षेत्रको बजार छैन भन्छन् नि, तपाईले यही क्षेत्रमा टिक्ने साहस कसरी गर्नुभयो ?

मैले पहिलो एल्बम ४ वर्षअघि निकालेकी थिए । चारवर्षको अन्तरालपछि एल्बम बजारमा आउँदा पनि धेरैले सोचेकै होला । पक्कै केही संघर्ष गरी नै एल्बम बजारमा ल्याउँदै छ । अचेल बजारमा एल्बम ल्याउन खर्चिलो छ । बजार छैन । तैपनि स्टेज कार्यक्रमहरु छन् । श्रोतादर्शकका चाहना छन् । भेराइटी गीत सुन्ने । त्यसैले, थोरै बरु राम्रो गीत समय लगाएरै भएपनि, खर्च गरेरै भएपनि बजारमा ल्याइरहेकी छु ।

तपाइं कस्ता गीतहरु बढी गाउन मनपराउनुहुन्छ ?

मैले धेरैजसो त मायापिरतीकै गीतहरु गाएकी छु । माया आरिसे पहिलेको भइहालियो । अहिलेको म त गाउँकी गोरी, सहरमा झरी पनि मायाप्रेम सम्बन्धी गीत नै हो । स्टेजमा दर्शकको मुड हेरेर गीत पस्कने गरेकी छु । आफ्नो संस्कृति र संस्कारलाई असर नपार्ने खालका गीतहरु मनपर्छ ।

कसको गीतहरु मनपराउनुहुन्छ ?

मननपर्ने भन्ने पनि कोही छैन । सबै राम्रो हुनुहुन्छ । अहिले त राजेशपायल राई र रिमा गुरुङको स्वर मलाई एकदमै मनपर्छ । पुरानामा नारायण गोपाल, भक्तराज आचार्य, अरुणा लामाको गीत सुन्न छुटाउदिनँ । किनभने उहाँहरुबाटै प्रभावित भएर गीत गाउन थालेकी हुँ ।


No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...