Thursday, August 15, 2013

बुनुमैचालाइ धेरैले मनपराएका छन् : रेश्मा

उनलाई धेरैले बुनु मैचाको नामले चिन्छन् । हिजोआज कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने हास्य शृंखला ‘डिट्ठा सा’ब’ मा उनी तामाङनीको भुमिकामा देखिन्छिन् । केही समययता नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्य शृंखला ‘तितो–सत्य’ मा नेवार युवतीको भुमिकामा देखिइकी छन् ।
दर्पण फिल्म्समा केही समय अभिनय प्रशिक्षणपछि अभिनय यात्रामा निस्केकी उनी पहिलोपटक ‘अब त अति भो’ मा देखिएकी थिइन् । त्यसयता उनी ‘५२ घुस्सा ५३ ठक्कर’, ‘हर्के हवाल्दार’ पनि देखिइन् । ललितपुरको दलचोकीमा जन्मेकी उनी धेरैजसो नेवारी अभिनयमा देखिएकी छिन् । उनै रेश्मा तिमल्सिनासँग एकैछिनको गफ :


हिजोआज कुन सिरियलमा व्यस्त हुनुहुन्छ ?
‘डिट्ठा सा’ब’मै व्यस्त छु । तितो–सत्यको सुटिङका लागि बेलाबेला पुग्ने गर्छु  ।

यी दुईको भुमिकामा कतिको फरक छ ?
डिट्ठा सॉब्मा तामाङनी छोरीको भुमिकामा छु । तितो–सत्यमा आशा मैचाको भुमिकामा छु । यी दुबै भुमिका मलाई एकदमै मनपर्छ । दर्शकले पनि रुचाइदिनुभएको छ । त्यसैले दुबै रुचाइएको भुमिका जस्तो लागिरहेको छ ।



धेरैले रुचाइएको भुमिका ?
नेवार्नीको भुमिका नै धेरैले रुचाइदिनुभएको छ । कतिले त मलाई नेवार्नी हो भनी सोध्छन् पनि । तर मेरो वास्तविक नाम थाहा पाउने वित्तिकै सरप्राइज हुन्छन् ।

वास्तविक लवज पनि नेवारी जस्तै सुनिन्छ नि ?
सुरुमा नेवारी लवज मनपरेर यस्तै बोल्न थालेको । यस्तै भइगयो ।

नेवार समुदायको प्रतिक्रिया कस्तो छ ?
राम्रो नै पाइरहेकी छु । तर कहिलेकही चाहि हामीलाई होच्याएको भन्ने जस्ता आरोप पनि आउँछन् ।

अभिनयमा नेपाल भाषा पनि प्रयोग गर्नुहुन्छ, नेपाल भाषा आउँछ ?
आउँदैन नि । बरु तामाङ भाषा बोल्न आउँछ ।

कसरी जान्नुभो ?
मेरो जन्म ललितपुरको दलचोकीमा भएको हो । त्यहाँ केही घर तामाङको पनि छ । त्यहीबाट मैले केही भाषा सिके ।
तपाईंको जीवन र तितोसत्यको कथा कतिको मिल्छ ?
म तितोसत्यको कथा भन्दा धेरै फरक खालकी परे । अहिलेसम्म म कसैलाई पनि बिहे गर्दिनुप¥यो भनेर हिडेकी पनि छैन । न त मेरो बाले त्यसो भन्दै हिड्नु भएको छ । बिहे गर्ने उमेर भएपछि आफसे आफ भइहल्ला नि ।

तितोसत्य हेरेपछि कसैले माग्न आएनन् ?
म अहिले पढ्न र करियर बनाउन पाटनमा बस्दै आएकी छु । घरमा बाआमा हुनुहुन्छ । कोही कोही घरमा पुगेर तपाईको छोरीको अवस्था यस्तो रहेछ । हामी केटा खोज्दिन्छौ बिहे गर्नलाई भन्नेहरु आउँदो रहेछ ।

बाले के भन्नुहुन्छ रे ?

यो त सिरियलमा पो यस्तो भएको हो । वास्तविक जीवनमा छोरीको विहे गर्ने बेलै भएको छैन भनेर फर्काउनुहुन्छ रे ।

पढ्दै पनि हुनुहुन्छ, कतिमा ?
अहिले म पिकेमा बिए पढ्दैछु । अनि एजुकेसनमा आइएड् पनि गर्दैछु ।

पढ्नुको कारण कलाकारितामा भविष्य नदेखेर हो कि ?
होइन, कलाकारितामा भविष्य राम्रो छ । भविष्य राम्रो नभएको भए किन यति धेरै मानिसहरु यस क्षेत्रमा आउथे र । म भोलि गएर कतै शिक्षिका बन्छु वा जागिरे नै बन्छु भनेर पढेकी हैन । अभिनयलाई अझ परिस्कृत र सशक्त बनाउन पढेकी हुँ ।

सानैदेखिको सपना हो कलाकारिता ?
मलाई सानोमा टिभीमा एकचोटि देख्न पाए हुन्थ्यो जस्तो लागेको थियो । तर मैले कहिले पनि कलाकारै बन्छु भनेर चाहि सोचिनँ । तर आज यही क्षेत्रमा आएकी छु । टिम, परिवार सबैको सहयोग छ । यसैले पनि यसको भविष्य राम्रो छ जस्तो मलाई लाग्छ ।

ठुलो पर्दातिरको लक्ष्य के छ ?
मलाई ठुलो पर्दाका केही फिल्ममा कमेडी रोलमा अफर आएको थियो । तर मैले गरिनँ । सानो पर्दा नै रमाईलो लाग्छ । त्यसैले अहिलेसम्म ठुलो पर्दाको सपना बुनेकी छैन ।

आफै निर्देशन गरी हास्य सिरियल बनाउने सपना होला त्यसो भए ?
त्यो पनि अहिलेसम्म सोचेकी छैन । किनभने कलाकारितामा लागेको भर्खरै पाँच वर्ष पुरा भयो । समयले साथ दिएमा र जोडी मिलेमा केही पछि सोचिन्छ होला ।

1 comment:

Unknown said...

Wish 4 ur Bright Future as a Luminous Candle

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...