Saturday, September 15, 2012

तिजमा प्रेम

पुलिसको हुल त्यतै दौडे । अनि हामीतिरका मान्छे पनि 'केटी भगाएछन्, भन्दै त्यतै कुदे ।
नेत्र तामाङ
तिजको दिन ऐँसेलुखर्कमा ठूलो मेला लाग्यो । आँखाले नभ्याउने चौरमा मान्छे भरियो । उनी म र प्रेम सरस्वतीथान नजिकै बस्यौँ । त्यहाँ बिहानै कार्यक्रम सुरु भएको थियो । नयाँ कपडामा सजिएका थियाँै हामी । मैले सानो झोला बोकेको थिएँ । झोलामा केही थिएन । कसैले नचिनोस् भन्ने हाम्रो चाहना थियो । ठीक अगाडि महादेव थानमा ब्रतालु महिलाको नाचगान चल्दै थियो । त्यही बेला प्रेम चौरको कुनातिर लाग्यो । झन्डै दस मिनेटपछि पल्लो कुनोमा मान्छेहरु सुसेल्न थाले । पुलिसको हुल त्यतै दौडे । अनि हामीतिरका मान्छे पनि 'केटी भगाएछन्, भन्दै त्यतै कुदे । सोचेँ 'भगाउनेमा मेरो र भगाइनेमा उनको नाम काटिन थालिसकेको होला ।' हामीलाई राम्रो थाहा थियो प्रेमको प्रोपोगन्डा । योजनाअनुसारै प्रेम उता गएर दिदी हराई भनी कराएपछि त्यस्तो हुने थियो । मान्छेको भिड डाँडैसम्म
पुगेपछि मलाई डर लाग्यो चिन्ने मान्छे आइपुग्लान् भनेर । प्रेमको प्रोपोगान्डाले त्यहाँ खैलाबैला मच्चियो । उसले पक्कै भन्यो होला 'दिदी भगाउनेलाई म काट्छु ।' किनभने उसले कसैले नदेख्ने गरी एउटा सिरुपाते खुकुरी भिरेको थियो । हाम्रो बिहेको बढाइँ यसरी भयो । अलिअलि डर र बढी उत्साह लिएर जात्राबाट सुटुक्क ऐँसेलुखर्कको नेवार बस्ती हुँदै झर्याँै । अनि मूलबाटो छाडी वनैवन घरतिर लाग्यौँ । नवलपुर बजार नजिकै पुगेपछि बिहेको अर्को नाटक गर्नु थियो । उनले चप्पल फुकालिन् । मैले झोलामा राखेँ । मैले उसको दाइने हात समातँे । दुवै दौडन थाल्यौँ ।
म अघिअघि उनलाई तानेझँै उनी पछिपछि तानिएझैँ । उनी रुँदै थिइन् । धेरैजसो जात्रामै पुगेकाले होला बजारमा कमै मानिस थिए । उनीहरुले हाम्रो जोडीलाई स्वागत गरे 'वाह केटी भगाइएछ !' केही मान्छे मेरो पछिपछि आए । हाम्रो जातिमा यसरी नै चल्थ्यो । मन परेका जोसुकैलाई भगाउन पाइन्थ्यो । सक्नेले अर्काकी स्वास्नी पनि भगाउँथे । कुनै ठूलो जात्रा वा पर्व यस्तै उत्सव बन्थ्यो । मैले पनि यसलाई सदुपयोग गरे । परम्पराको स्वाद चाख्न । प्रेम मेरो साथी थियो । त्यही दिनदेखि सालो भयो । हामीलाई यही तरिका ठीक लाग्यो । डर भनेकै अब ससुरो बुढाको थियो । बुढोको दारी मुसालमानको जस्तै देखिन्थ्यो । ओठ र दाँत रातै । डाबरलाल पाउडर माजनले दाँत माझ्थे । मानिसहरुले बुढाको नाम डाबरलाल राखिदिएका थिए । परम्पराअनुसार माग्न जाँदा बुढाले ठाडै हामीलाई लखेट्नै खोजेका थिए । कडा जवाफ दिएका थिए 'तिमेर्लाई पानी पनि दिन्नँ ।' **** त्यति बेला कक्षा १० को टेस्टमा अंग्रेजीको परीक्षा चल्दै थियो । मलगायत साथीहरुले चाँडै कापी बुझाए । खै कुन्नि उनलाई कति नम्बरको आएन भनेर मलाई सुनाएकी थिइन् । साथीले त्यही नम्बरको चिट तयार छ भनेर मलाई कागजको डल्लो दिए । मैले त्यही डल्लो झ्यालबाट उनको हातमा फालिदिएँ । परीक्षाको समय सकिनासाथ उनी मतिर जंगिएर आइन् र मैले दिएको चिट देखाइन् । त्यहाँ लेखिएको थियो 'आइ लभ यु ।' म चकित परँे । बोल्न सकिनँ । त्यस दिनबाट मैले उनीसँग राम्ररी कुरा गर्न सकेको थिइनँ । उनलाई भने मेरो प्रस्ताव मन परिसकेको रहेछ । त्यसपछि हाम्रो माया टेलिफोन मोबाइल एसएमएस याहु हाइफाइभ स्काइप हुँदै फेसबुकबाट समेत साटासाट भयो । एक दिन उनले मेसेज गरिन् 'माग्न आऊ !' रिप्लाई गरँे 'हुन्छ ।' बल्लबल्ल छोराको बिहे गर्ने होस खुलेछ भन्दै बाआमा खुसी भए । बन्दोबस्ती मिलाएर उनको घर पुग्दा हुनेवाला ससुरो बुढोले हामीलाई भित्रैबाट हप्काए 'तिमेर्लाई पानी पनि दिन्नँ ।' मैले सोचेँ 'पुरानो रिस थियो कि !' होइन रहेछ । बुढा अलि पढेलेखेका पनि थिए । साइनोमा मेरा साख्खे मामा । तर उनको व्यवहार हेर्दा लाग्थ्यो मेरो मामा नै होइनन् । मतवालीमा मामाको छोरी हकै लाग्छ । तर त्यहाँ मेरो केही जोर नचल्ने देखियो । हामी फक्र्यौँ । बाटोमा प्रेमसँग भेट भयो । उसले बा र मलाई अलि पर कुनामा बोलायो र भन्यो 'बुबा अलि लजाउनु भाुछ फुपा यसो मेसो मिलाएर लानुस् नि !' 'किन लजाउनुभएको ' बाले सोध्नुभयो । 'यस्तो मामाचेला हाम्रोमा मात्र चल्ने रहेछ अरुले जिस्क्याउलान् भनेर बुबा लजाउनुभुको तर भगाएर लगे उहाँ राजी हुनुहुन्छु' प्रेमले रहस्य खोल्यो । 'लौ कसरी हुन्छ साला-भेनाले नै कुरा मिलाऊ' बाले भन्नुभयो । मैले पनि प्रेमकै मुख हेरँे । 'ल सब मै मिलाउँछु' यति भन्दै ऊ बिदा भयो । केही दिनपछि प्रेम उनी र मेरो भेट चौरमा भयो । त्यही सानो चौरमा तिजको दिन ठूलो चौरबाटै हाम्रो बिहे गर्ने योजना तयार गरियो । अनि योजनाअनुसार तिजकै दिन उनलाई भगाइयो । तिज आउँदैछ त्यही ऐँसेलुखर्कमा ठूलो मेला लाग्छ । कतिपय नयाँ जोडीले पनि यस्तै योजना बुन्दै होलान् । सबैको योजना सफल होस् मेरो यही शुभकामना ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...