Sunday, August 23, 2015

कहिले दिन आउला र रुख रोपेर पैसा फलाउने ?



नेत्र तामाङ

एक बिटो ५०० रुपैयाँका नोट हात परेको थियो । एक बिटो नोट हातमा ल्याउने वित्तिकै श्रीमती खुसी भइन् । पहिलोपटक एक बिटो ५०० रुपैयाँको नोट यसरी हातमा परेको थियो । यति पैसा हत्केलामा परेपनि आफुलाई भने त्यति खुसी लागेको थिएन ।

नोटमा लाएको रबर र स्टिच पिन खुस्काउन झन्डै आधा घन्टा लाग्यो । दिक्का लगाएरै बल्ल बल्ल खुस्काएँ । बजेड बाँडफाँड गर्ने क्रममा एउटा नोट श्रीमतीको भागमा प¥यो ।

छोराको स्कुल फि, रासन, बिजुलीपानी, फोहोर, खानेपानी, लुगाधुने पानी, नेट, फोन, मोबाइल रिचार्ज कार्ड, घरभाडा, दुध, पसलको बाँकी, सापटी लिएको ऋण छुटाउँदा एउटा नोट मात्र श्रीमतीको भागमा प¥यो । आधा घन्टा लगाएर फोरेको नोटको बिटो दूई मिनेटमै बाँडफाँड गरिसकियो ।

आधा घन्टासम्म खुसी श्रीमतीको मुस्कार एकैपटक उडान भरेर बेपत्ता भयो । आफ्नो भागमा एउटै नपरेपनि श्रीमतीको रिसको अगाडि हाँस्नु सिवाय के नै गर्न सक्थे र !

लाग्यो, ‘यो पैसा भन्ने चिजै यस्तै हो ।’
सुनेको थिएँ, ‘पैसाको मुख रातो हुन्छ रे ।’ हो आज त्यस्तै लाग्यो ।

त्यही बेला एउटा गीत बज्यो ।

कहिले दिन आउला र रुख रोपेर पैसा फलाउने ?
आफु त अलि खर्चलु मान्छे, मेरो त मायाले काठमाडौंमा ट्याक्सी चलाउने 

यो गीतको भिडियो खोजेर यहाँ पोस्टेको छु । तपाइहरू पनि हेर्नुस, सुन्नुस है ।



Wednesday, August 5, 2015

डिभि पिआरवाला सरकारी कर्मचारी धमाधम राजिनामा दिदै(दिनेको सुची यस्तो छ)

सरकारी जागिर वा विदेशको डीभी पीआरमध्ये एक रोज्ने गरी सरकारले विधेयक ल्याएपछि सरकारी जागिर छोड्ने क्रम सुरु भएको छ । सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार, साउन १० गतेसम्म अनेक कारण दर्शाउँदै राजीनामा दिने ८३ कर्मचारीमध्ये कम्तीमा ४० जनाले विदेशी डीभी पीआरका कारण राजीनामा दिएको पत्ता लागेको छ । स्रोतका अनुसार, खरिदारदेखि सहसचिव तहसम्मका कर्मचारीले स्वदेशको सरकारी जागिरभन्दा विदेशको डीभी पीआर रोजेका छन् । 

त्यसरी रोजेर राजीनामा दिनेहरू यसप्रकार छन् :

Tuesday, August 4, 2015

यसकारण मारिए डन ‘चरी’

त्यो दिन मैले चरीलाई भने यसरी हत्या गर्ने नै त संगठनको नीति छैन, हातखुट्टा सम्म भने भाच्न सकिन्छ । उनीहरुले हाम्रा साथीहरुको हात खुट्टा भाचेका छन् । टिट फर ट्याट । यसका लागि तिमिले संगठनको सहयोग लिदा पनि हुन्छ ।’
मेरो उत्तर सुनेपछि चरीले भन्यो ,‘ यत्ति कामका लागि मलाई अहिले नै संगठनको आवश्यकता पर्दैन, दाइ । म एक्लै काफी छु । ’
त्यसपछि ऊ उत्साहित हुदै गयो ।

महेश बस्नेतको खुलासाः यसकारण ‘चरी’लाई युथफोर्स प्रवेश गराएँ

२३ वर्षको उमेरमा गाविस अध्यक्ष भएका महेश बस्नेत युवा उमेरमै मन्त्री समेत बनिसकेका छन् । सुरुमा गुण्डाका संरक्षकलाई मन्त्री बनाइएको भन्दै उनको निकै आलोचना भयो, तर यतिबेला क्याबिनेटका स्वच्छ छवीका थोरैमध्येमा उनको पहिचान बनेको छ ।

यूथफोर्सका इन्चार्जका रुपमा ७ वर्षअघि मात्र चर्चामा आएका बस्नेतले छोटो अवधिमै राजनीतिमा निकै छलाङ मारिसकेका छन् । मन्त्री बस्नेतले हालै ‘म महेश बस्नेत’ नामक आत्मकथा लेखेका छन् । जसमा उनले आफ्नो आरोह अवरोहको बारेमा खुलाएका छन् । साथै विभिन्न घटनाक्रमको खुलासासमेत गरेका छन् ।

Sunday, August 2, 2015

कहाँ र कसरी छापिन्छ नेपाली रुपैयाँ ?

सुदिल पोखरेल/काठमाडाैं
नेपालको मुद्रा रुपैयाँको नोट र सिक्का देश बाहिरको नोट तथा सिक्का छाप्ने कम्पनीमा छापिने गरेको छ। सिक्का र नोट छाप्न देशबाहिरका यस्ता भिन्नाभिन्नै कम्पनीलाई जिम्मा लगाइने गरिन्छ। विश्वमा यस्ता नोट छाप्ने कम्पनी लगभग २० वटा  रहेका छन्। तर नेपाल राष्ट्र बैंकले भने नेपाली नोट छाप्नको लागि गत आर्थिक वर्षमा १० कम्पनीलाई प्रि क्वालिफिकेसनमा सूचीकृत गरेको थियो ।
२०७१ पौष २५ गते नेपाल राष्ट्र बैंकले १० वटा कम्पनीलाई सूचीकृत गरेको हो । प्रि क्वालिफिकेसनमा १० कम्पनी मध्ये इन्डोनेसियाको पेरुम पेरुरी, कम्पनीलाई नोट छाप्नको लागि जिम्मा लगाएको  स्रोतले जानकारी गराएको छ।
नेपालमा विसं. २००२ सालदेखि कागजको नोट छाप्न सुरु गरिएको हो। राजा त्रिभुवनको पालामा नेपालमा कागजी नोटको प्रचलन सुरु भएको हो। नेपालले नोटको चलन चल्ती सुरु गरेपछि विशेषत बेलायत, होल्याण्ड अष्ट्रेलिया जस्ता देशमा पैसा छाप्दै आएको थियो।  

CIAA Shots

Commission for the Investigation of Abuse of Authority-CIAA