व्यवसायिक फोटोग्राफर आदित्य परमानाले इन्डोनेसियाको योग्याकर्तामा एउटा जंगली छेपारोको निकै रोमाञ्चक तस्बिर आफ्नो क्यामरामा कैद गर्न सफल भएका छन् ।
३३ वर्षीय आदित्यले उक्त छेपारोलाई गितार बजाएको जस्तो पोजमा पाउनको लागि लगातार एक घण्टासम्म हेरिरहेको बताए । आफ्नो खुट्टाले बिस्तारै पातलाई समात्दै, अलिकती पछाडि ढल्कँदै आफ्नो अगाडि दर्शक भएजस्तै गीतार बजाएर परफर्म गरिरहेको जस्तो छेपारो देखिन थालेको दृश्य आदित्यले डेली मेललाई वर्णन गरेका छन् ।
आदित्यले भने, ‘मैले उक्त छेपारोलाई त्यो अवस्थामा देख्ने बित्तिकै फोटो खिचिनँ । बिस्तारै छेपारो मेरो वरिपरिको वातावरणसँग सहज भएपछि मात्र फोटो खिचेको हुँ ।’ ‘मैले छेपारोलाई गितार बजाइरहेको पोजमा देखेँ र फाटो खिचुञ्जेलसम्म यो कत्ति पनि हल्लिएन ।’ रातोपाटी.कमबाट

No comments:
Post a Comment