Monday, March 2, 2015

सरकार फेर्न ओलीको प्रस्ताव

एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारसमेत फेर्ने गरी कांग्रेस(एमालेबीच नयाँ सहमति हुनुपर्ने प्रस्ताव ल्याएका छन्।

कांग्रेस(एमालेबीच गत वर्ष माघ २६ मा भएको सातबुँदे सहमति माघ ८ मै अन्त्य भएकाले प्रधानमन्त्रीसमेत फेर्ने गरी नयाँ सहमति आवश्यक रहेको प्रस्ताव एमाले अध्यक्ष ओलीले कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री कोइरालासँग राखेको खबर आजको अन्नपूर्णमा माधव ढुंगेलले खबर लेखेका छन्।

अध्यक्ष ओलीले आइतबार साँझ प्रधानमन्त्री सुशील कोइरालासँग बालुवाटारमा भएको छलफलमा यस्तो प्रस्ताव राखेका थिए। स्थायी कमिटीको सोमबारको बैठकमा अध्यक्ष ओलीले प्रधानमन्त्रीसँग आफूले राखेको प्रस्तावबारे बिफ्रिङ गरेका थिए।


ुदुई शक्तिबीच अघि बढ्ने भन्ने अबको रणनीति के हुनसक्छ भनेर स्थायी कमिटीमा छलफल भयोु, एमाले स्थायी कमिटीमा ओलीले दिएको जानकारीबारे प्रवक्ता प्रदीप ज्ञवाली भने, ुहिजो कांग्रेससँगको बैठकमा भएको छलफलबारे अध्यक्षले सामान्य ब्रिफिङ गर्नुभयो।ु

एमाले बैठकमा अध्यक्ष ओलीले गत वर्ष माघ २६ मा भएको सातबुँदे सहमति माघ ८ मै अन्त्य भएकाले प्रधानमन्त्रीसमेत फेर्ने गरी नयाँ सहमति आवश्यक रहेको बताएका थिए।

ुकांग्रेस(एमालेबीच भएको सातबुँदे सहमतिका आधारमा एमाले समर्थनमा सुशील कोइराला प्रधानमन्त्री बन्नुभएको थियो तर उहाँले आगामी वैशाख ११ वा जेठ १५ मा संविधान बनाउने पनि जाँगर देखाउनुभएनु, एमालेका एक स्थायी कमिटी सदस्यले भने, ुनयाँ सहमति भनेको पुरानो सहमतिअनुसार बनेको सरकार पनि फेर्नुपर्छ भन्ने हो।ु

बैठकमा ओलीले एमाले नेपाली राजनीतिको केन्द्रमा रहेकाले एमाओवादी खुलामञ्चको आमसभामा आफ्नो पार्टीमाथि खनिएको विश्लेषण बताएको पनि ज्ञवालीले जानकारी दिए।

एमालेका एक स्थायी कमिटी सदस्यका अनुसार एमाओवादीको आमसभापछि विकसित परिस्थितिबारे भएको कांग्रेस(एमाले छलफलमा प्रधानमन्त्री कोइरालाले वैशाख ११ वा जेठ १५ मै संविधान बनाउन जरुरी नभएको बताएका थिए।

ुप्रधानमन्त्रीले सरकारको आयु कांग्रेसको भदौमा हुने महाधिवेशनसम्म धकेल्न खोजेको देखियोु, ती सदस्यले भने, ुछलफलमा कानुनमन्त्री नरहरि आचार्य र कांग्रेस महामन्त्री कृष्ण सिटौलाले प्रधानमन्त्रीको भनाइ सच्याउने प्रयास गरेका थिए।ु

एमाले अध्यक्ष ओलीले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग अनौपचारिक छलफल गरेपछि प्रधानमन्त्रीसँग छलफल गरेका थिए। कांग्रेस(एमाले बैठकमा एमालेका तर्फबाट अध्यक्ष ओली, उपाध्यक्षत्रय वामदेव गौतम, विद्या भण्डारी र भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेललगायतका नेता सहभागी थिए।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...