Thursday, January 1, 2015

जिम नगइ घरमै उफ्रिन्छु

सधै व्यस्त रहने नायिका अनु शाहले आफूलाई फिट राख्न योगको सहारा लिने गरेकी छिन् । सुटिङको धपेडीका कारण निश्चित रुटिनमा चल्न नसके पनि घरमा हुँदा भने हरेक दिन रामदेव बाबाको योग गर्ने गरेको उनी बताउँछिन् ।
‘सुटिङ नहुँदा या हतार नभएको बिहान भने म रामदेव बाबाको अनुलोमविलोम र कपालभाती गर्छु,’ उनी भन्छिन्, ‘मलाई पूरै त आउँदैन, तर टिभीमा हेरेर सिकेकोजति गर्ने गरेकी छु ।’ फिट रहन प्रशस्त मात्रामा पानी पिउने गरेकी छिन् उनले । ‘दिनमा चार लिटरजति पानी पिउँछु,’ उनी भन्छिन्, ‘पानीले स्किन सफा राख्नुका साथै पेट पोल्ने समस्याबाट राहत दिन्छ ।’

सुन्दरी नायिकामा पर्ने अनु आफ्नो तौल घटाउन चाहन्छिन् । ‘अहिले म ५६ किलो छु, घटाएर ५० सम्म झर्न पाए हुन्थ्यो भन्ने लाग्छ,’ तौल घटाउन घरमै हल्का व्यायाम गर्ने गरेकी बताउँदै उनी भन्छिन्, ‘म जिम, क्लब जान्नँ । त्यसका लागि समय नै हुँदैन । घरमै उफ्रिने गरेकी छु ।’

पाँच फिट सात इन्च अग्ली अनु ग्रिन टीकी पारखी हुन् । ‘स्वास्थ्यलाई फाइदा गर्छ भनेर ग्रिन टी पिउन थालेकी हुँ,’ उनी भन्छिन्, ‘ब्रेकफास्टमा ग्रिन टी र एउटा स्याउ कहिल्यै छुट्दैन ।’

उनको सुन्दरताको ‘राज’ के हो रु ‘खै, त्यस्तो राज त केही छैन,’ अनु भन्छिन्, ‘मान्छेको हेराइ हो । तर, एउटा कुराचाहिँ के हो भने सकारात्मक सोचाइले मुहारमा चमक ल्याउँछ ।’

सधैँ सकारात्मक सोच राख्ने भएकाले अनुहारमा त्यसको  ‘रिफ्लेक्सन’ परेको अनुको दाबी छ । अधिकांश दर्शक तथा फिल्मकर्मी अनुको उछिट्टिएको दात मन पराउँछन् । तर, अनुलाई भने त्यो दाँत ‘कुछ खास’ लाग्दैन रे । ‘सबैले मेरो दाँत मन परेको बताउनुहुन्छ, तर मलाई खास केही लाग्दैन,’ उनी भन्छिन्, ‘पहिला मलाई त्यो दाँतदेखि निकै ‘अड’ लाग्थ्यो । त्यसलाई सोझ्याउने प्लान पनि बनाएकी थिएँ । तर, पछि त्यही दाँत चर्चित भयो । अहिलेचाहिँ राम्रै लाग्छ ।’ अरूलाई दाँत मन परे पनि उनलाई भने आफ्नो ओठ निकै मन पर्छ रे । ‘मलाई त मेरो ओठ मन पर्छ,’ अनु भन्छिन्, ‘आँखा भने मन पर्दैन ।’

‘ब्युटी’ बन्नका लागि महिनामा एकपटकजसो ब्युटिपार्लर जाने गरेको उनी बताउँछिन् । पार्लरमा थ्रेडिङ, फेसियल र हेयर कलर गराउने गरेकी अनुलाई बाहिरीभन्दा मनको सुन्दरतामा विश्वास छ रे । ‘बाहिरी सुन्दरता केही होइन, आत्मा सुन्दर हुनुपर्छ,’ उनी भन्छिन्, ‘म बाहिरभन्दा मनकी अझ सुन्दर छु ।’ उनको मनको सुन्दरता त कसरी जान्नु, होइन ?
नयाँ पत्रिकामा खबर छ ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...