Wednesday, January 7, 2015

जुत्ता धरौटी राखेर अभियुक्त छुटे

कुनै अभियुक्तलाई धरौटीमा छाड्दा अदालतले नगद वा सो बराबरको घरजग्गा जेथा जमानी राख्ने गरेको त सुनिएकै हो । तर अमेरिकामा भने एक अभियुक्तले आफ्नो जुत्ता धरौटी राखेर अदालतबाट जमानीमा छुटेका छन् ।

सायद अदालतले धरौटी बापत मागेको रकमको साटो जुत्ता धरौटी राखेर अभियुक्त धरौटीमा छुटेको विश्वमै यो पहिलो घटना होला ।


अमेरिकाको म्यासाच्युसेट्सस्थित अदालतले लागु औषधको आरोपमा मुद्दा चलाइएका ज्यासोन डुवल नामका व्यक्तिको जुत्ता धरौटी स्विकार गरेको हो । अदालतले मागेको धरौटी बापत उनले आफ्नो नाइक ब्राण्डका ८५ डलर पर्ने एकजोर जुत्ता पेश गरेपछि न्यायाधीश डग्लस स्टोडार्टले जेथा जमानत स्विकार गरेका थिए ।

सन् २०१२ देखिको उनिविरुद्धको मुद्दामा ३९ वर्षीय डुवलले आफुसँग अदालतले मागेको रकम तिर्न नगदमा तिर्न सकेनन् । आफ्नी श्रीमतीसँगको महंगो डिभोर्सपछि गरीब बनेका डुवललाई रचनात्मक बन्ने अवसर प्रदान गर्न असाधारण धरौटी स्विकार गरिएको न्यायाधीशले बताएका छन् ।

१ सय डलर रकम अदालतमा बुझाएमा वा १० घण्टासम्म सामाजिक श्रम गरेमा उनले धरौटी राखेका जुत्ता अदालतले फिर्ता दिने बताएको छ ।

३ वर्षअघि लागु औषध साथमा राखेर खतरनाक तरिकाले गाडी चलाएको अभियोग उनीमाथि लागेको थियो ।
अदालतमा पेश हुँदा त्यतिबेला अदालतले मागेको ४ सय ५० डलरको जरिवाना उनले बुझाएका भए उनले उतिबेलै सफाइ पाउँथे । तर उनले उक्त रकम बुझाउन सकेनन् ।

त्यसपछि केही दिन जेलमा बिताएका उनले पत्नीसँगको सम्बन्ध विच्छेदमा ठूलो रकम तिर्नुपर्दा आफु टाट पल्टिएको दाबी अदालतमा गरेका थिए ।

तर जिल्ला न्यायाधीश स्टोडार्टले उनको दाबीमा विश्वास गर्न सकेनन् तर उनलाई लामो समयसम्म जेलमा नराखी केही रचनात्मक आइडिया सहित अदालतमा उपस्थित हुन आदेश गर्दै उनलाई थुनाबाट छाडिदिए ।
अन्ततः डुवलले यो क्रिसमसमा उपहारको रुपमा प्राप्त गरेका एक जोर जुत्ता लिएर अदालतमा उपस्थित भए । धरौटीको रुपमा नयाँ जुत्ता लिएर डुवल इजलासमा उपस्थित भएपछि न्यायाधीशको चित्त बुझ्यो र भने ‘ठीक छ, हामीले स्विकार्छौँ ।’
अनलााइनखबर.कमबाट

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...