Thursday, January 15, 2015

भन्न थाले सभामुखले माघ ८ मा संविधान आउँदैन भनेर

सभाध्यक्ष सुवास नेम्बाङले दलहरूले तत्काल सहमति गर्न नसके संविधानसभा नियमावलीअनुसार अघि बढ्ने स्पष्ट पारेका छन्। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । रिपोर्टर्स क्लब नेपालको ज्ञापनपत्र बिहीबार बुझ्दै नेम्बाङले नियमावलीको प्रक्रियाबाट अघि बढे माघ ८ गते संविधान भने जारी नहुने बताए।

उनले भने, दलहरूबीच विषयवस्तुमा सहमति नभए म संविधान, नियमावली र स्थापित अभ्यासअनुसार अघि बढ्छु। दलहरूको चुनावी घोषणापत्रअनुसार माघ ८ मा संविधान नआए नैतिक रूपमा उनीहरू कमजोर हुने नेम्बाङले बताए।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...