Friday, January 16, 2015

रेखा शाहको हनिमुन:शारीरिक सम्बन्धको मिठासमा नरमाउने कुरै भएन

हाम्रो विवाह पन्ध्र वर्षअघि भएको हो। मागी विवाह भएकाले सुरुमा मलाई श्रीमान् ९इन्द्र गुरुङ०को माया लागिसकेको थिएन। उमेर सानै थियो। विवाहको महत्त्व बुझेकै थिइनँ।

विवाहप्रति ममा उत्सुकता पनि थिएन। त्यही भएर होला, हनिमुन जाने योजना बनेन। अहिलेजस्तो हनिमुनको अर्थ र महत्त्व बुझ्ने भएको भए सायद हामी जान्थ्यौं होला।

प्रकृतिको नियम हामीले पनि पालना गर्‍यौं। शारीरिक सम्बन्धको मिठासमा नरमाउने कुरै भएन।


विवाह भएको एक वर्षमै बच्चा जन्मियो। त्यसपछि बाहिर जाने मौकै मिलेन। मेरो विचारमा विवाह एउटा सम्झौता हो, श्रीमान्श्रीमती दुवैले सम्झौता गर्नैपर्छ। विवाह केवल शारीरिक सम्बन्धमात्रै होइन, सहकार्य पनि हो।

सानैदेखि पुरुषप्रति राम्रो धारणा नभएकाले म धेरै समर्पित हुन सकिनँ। त्यति बेला श्रीमान् आफूसँगै बसिरहे हुन्थ्यो भन्ने पनि लागेन। जीवनमा खुसी अरूले दिने होइन, आफैं लिने कुरा हो।

त्यसैले श्रीमान्ले खुसी दिन्छन् भन्नेमा मलाई विश्वास लाग्दैन। श्रीमान्ले साथ दिन्छन्, त्यो ठूलो विषय हो। विवाहको खास महत्त्व भनेको यो वैधानिक सम्बन्ध हो। यसलाई समाजले स्वीकारेको हुन्छ। हाम्रो समाजमा सृष्टि चलाउन विवाह गरिन्छ। मेरो अहिलेसम्मको अनुभव यस्तै रह्यो।

विवाहको महत्त्व बुझ्ने उमेर नै नभई मागीविवाह भयो। त्यस बेला विवाहप्रति ममा कुनै उत्सुकता थिएन। त्यही भएर हनिमुन जाने योजना पनि बनेन, तर शारीरिक सम्बन्धको मिठासमा नरमाउने कुरै भएन। मेरो विचारमा विवाह एउटा सम्झौता हो। श्रीमान्श्रीमती दुवैले सम्झौता गर्नुपर्छ।

पहिले श्रीमान्को त्यति माया लाग्दैनथ्यो। बरु अहिले माया गर्न थालेकी छु। कहिलेकाहीँ सहरतिर सँगै निस्कन्छौं। हनिमुन वा रमाइलोका लागि भनेर काठमाडौंबाहिर गएका छैनौं।

जीवनसाथीको महत्त्व जवानीमा होइन बुढेसकालमा बढी हुन्छ। जीवनसाथी एकअर्काको सहारा भए पनि मलाई अझसम्म कसैकी श्रीमती हुँजस्तो महसुस हुँदैन। तर, मेरो मनमा रहेको श्रीमान्को स्थान अरू कसैले लिन सक्दैन।

मेरो विवाह भएको उमेरमा शारीरिक सम्बन्धको खास महत्त्व बुझेकै थिइनँ। शारीरिक सम्बन्ध जैविक कुरा हो तर सब थोकचाहिँ होइन। विवाह दुई व्यक्ति एक भएर अगाडि बढ्ने यात्राको आरम्भ भएकाले एकअर्कालाई बुझ्न जरुरी छ।

हुन त जीवनमा अरूलाई पूर्ण रूपमा बुझ्न गाह्रो छ तापनि छोटो समयमा एकअर्कालाई केही मात्रामा बुझ्न हनिमुन जरुरी छ। संयुक्त परिवारमा बस्ने जोडीलाई त हनिमुनको समय झनै उपयोगी हुन्छ। अन्नपूर्णपोस्ट.कमबाट

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...