Thursday, December 18, 2014

मुसा मार्नुस्, पुरस्कारमा मोबाइल लैजानुस्

विभिन्न कम्पनीहरुले आफ्ना सामान बिकाउनका लागि उपभोक्तालाई लोभ्याउन अनेक खाले अफर ल्याउने गरेको त हामीले देखे भोगेकै कुरा हो । कहिलेकाहीँ यस्ता स्किममा भाग लिँदा पुरस्कार पाइयो भने त मज्जै लाग्छ पनि । मानिसहरु जब गुलिया कुरा पत्ताएर यस्ता अफरका पछि दौडिन थाल्छन् तब कम्पनीहरुले पनि नयाँ नयाँ उटपट्याङ अफर ल्याउन थाल्छन् । दक्षिण अप्रिmकाको एक च्यारिटी संस्थाले पनि यस्तै अनौठो खालको अफरको घोषणा गरेको छ ।


उक्त च्यारिटी संस्थाले ुमुसा मार, मोबाइल लैजाउु भन्ने नारा सहितको अफर ल्याएको हो । जस अनुसार ६० वटा मुसा मारेको खण्डमा एउटा मोबाइल फोन पुरस्कारको रुपमा पाइनेछ ।

मुसा आतंकबाट प्रभावित दक्षिण अप्रिmकाको अलेक्जान्द्रा सहरमा यस्तो अफर लागु भएको हो । नेल्सन मण्डेलाको गृह क्षेत्रको रुपमा रहेको जोहानेसवर्गको बाहिरी क्षेत्रमा पर्ने अलेक्जान्द्राका बासिन्दाले अब ६० वटा मुसा मारे बापत एउटा मोबाइल फोन पाउनेछन् ।

निकै अस्तव्यस्त तथा फोहोरमैला युक्त वस्ती रहेको अलेक्जान्द्रामा फोहोरकै कारण मुसाको संख्या निकै मौलाएको छ । त्यहाँ मुसाको आतंक यति धेरै छ की रातमा सुतेको बेला बालबालिकाको औँला समेत मुसाले टोकिदिने गरेको छ ।

मुसा नियन्त्रणका लागि सरकारले गाउँलेहरुलाई मुसा मार्ने मुसेरी वितरण गरेको तथा फोन कम्पनी एटटाले मुसा समाउने स्वयंसेवी खटाएको छ । तर यसले समेत मुसा नियन्त्रण हुन नसकेपछि लाइफलाइन नामक एक च्यारिटी संस्थाले ुमुसा मार, मोबाइल लैजाउु नामक अफर ल्याएको हो ।

मोबाइल फोन कम्पनी एटटाको आर्थिक सहयोग पाइरहेको उक्त च्यारिटी संस्थाले सोही कम्पनीकै मोबाइल फोनलाई पुरस्कारको रुपमा दिने बताइएको छ ।

गएको नोभेम्बरको तेश्रो हप्ताबाट सुरु भएको यो अफरमा अहिलेसम्म केहीले ६० वटा मुसा मारेर मोबाइल पुरस्कार लगिसकेको बताइएको छ । अनलाइनखबर.कमबाट

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...