Wednesday, December 17, 2014

टिप्स : यस्तो हुन्छ ओठको रहस्य

ओठले पनि मानिसको धेरै स्वभाव थाहा हुन्छ । हुन त यो सम्पूर्ण रूपमा लागू हुने तथ्य त होइन, तर पनि ज्योतिष विद्याले मानिसको स्वभाव जान्न यस्तो संकेत पनि प्रयोग गरिन्छ । जानौँ, केही तथ्य :
  •  गुलाबी : गुलाबी ओठ हुने व्यक्ति व्यवहार कुशल, उदार र बुद्धिमान हुन्छन् । यस्ता मानिस आफ्नो व्यवहारको बलमा सबै काम मन लगाएर गर्छन् । यही कारण यिनीहरूका मित्र धेरै हुन्छन् ।
  •  ठूलो : केही मान्छेको ओठ सामान्यभन्दा ठूलो हुन्छ । उनीहरू मीठो खानाको सौखिन हुन्छन् । फरक व्यञ्जन मन पराउँछन् । छिटो रिसाउँछन् भने छिटो खुसी पनि हुन्छन् ।
  •  संकुचित : छोटो र पातलो ओठ संकुचित ओठको श्रेणीमा पर्छ । यस्ता मान्छे बढी देखावटी हुन्छन् । बढी नक्कल गर्ने यिनीहरूको स्वभाव हुन्छ । त्यस्तै यस्ता व्यक्ति अन्य मान्छेका अगाडि आफ्नो प्रभाव बनाउने चेष्टा गरिरहन्छन् ।
  •  रसिलो : यस्तो ओठले कलात्मकताको संकेत गर्छ । यस्ता व्यक्ति सुन्दर, कलाप्रिय र राम्रा हुन्छन् । समाज र घर–परिवारबाट मान–सम्मान प्राप्त गर्छन् । कार्य क्षेत्रमा उच्च शिखरसम्म पुग्छन् ।
  •  मोटो : मोटो ओठ हुनेहरू क्रोधी हुन्छन् । छिटै माया गर्छन् भने रिसाउन पनि छिटै रिसाउँछन् । भावनात्मक र जिद्दी हुन्छन् । साना कुरामा पनि रिसाउँछन् ।
  •  फराकिलो : फराकिलो स्थिति भएका मानिसमा साहसको कमी हुन्छ । यस्ता मान्छे कुनै पनि कठिन परिस्थिति सम्हाल्न सक्दैनन् । साधारणभन्दा पनि साधारण कुरामा पनि डराउँछन् ।
  •  बढी दबिएको : यस्ता मानिस भुलक्कड र रहस्यमयी हुन्छन् । राम्रो योजनाकार भए पनि आफ्नो योजना बाहिर ल्याउन अक्षम हुन्छन् । नयाँ पत्रिकामा छापिएको छ ।

No comments:

Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...