Thursday, May 22, 2014

अामा घरको याद अायो

नागरिक दैनिकको बाल विशेषांक  जुनकीरीमा विसं २०६७ साल भदाै २६ गते शनिबार प्रकाशित फिचर । अहिले कहाँकहाँ पुगे हाेलान ती बालबालिका । जसलाइ दिलशोमाले हुम्ला, जुम्लादेखि खोजेर ल्याएर पढ्ने व्यवस्था मिलाएकी थिइन ।

Saturday, May 17, 2014

अनलाइन पत्रकारितासम्बन्धी तालिम


अनलाइन पत्रिका दैनिकको आयोजनामा र समाज कल्याण महाशाखाको सहकार्यमा ७ दिने पत्रकारिता तालिम सम्पन्न भएको छ ।

Friday, May 16, 2014

दृष्टि बनिन् नयाँ लिटिल मिस युनिभर्स

टर्कीको मिलासस्थित केफालुका रिसोर्टमा सोमबार राती भएको ‘लिटिल मिस वल्र्ड युनिभर्स’को प्रतियोगितामा नेपालकी दृष्टि दाहालले शीर्ष उपाधि लिटिल मिस वल्र्ड युनिभर्स जितेकी छिन् ।

मोरङ उर्लाबारी घर भई हाल डिल्लीबजारस्थित एनआइसी एकेडेमीमा कक्षा आठमा अध्ययनरत १२ वर्षीया उनले २२ मुलुकका ४३ प्रतिष्पर्धीलाई उछिन्दै शीर्ष उपाधि चुमेकी हुन् । उनले शीर्ष उपाधिसँगै ‘मिस ट्यालेन्ट’ को विधागत उपाधि पनि आफ्नो पोल्टामा पारेकी छन् । दृष्टि गत फागुन ३ गते राजधानीमा इप्लानेटले आयोजना गरेको ‘लिटिल मिस नेपाल’ को विजेता हुन् ।

दृष्टिले उपाधिसँगै प्रशंशा पत्र तथा विभिन्न उपहार र पुरस्कार पनि हात पारिन् । प्रतियोगितामा उनले डिजाइनर विन्जना गुरुङले तयार पारेको पहिरनमा नेपालको संस्कृति झल्कने आकर्षक नृत्य प्रस्तुत गरेकी थिईन् ।

दृष्टि आमा यशोदाका साथ टर्की गएकी थिईन् । प्रतियोगितामा सहभागिता जनाउनु अघि उनलाई कलाकार शिरोमणी दवाडी, सञ्चारकर्मी तथा कोरियोग्राफर रोजिन शाक्य, डाली खनाल, सुरेश के.सी तथा सौन्दर्यविद् ओकाशा मुल्मी लगायतले विविध विषयमा प्रशिक्षण दिएका थिए ।

इप्लानेटका अध्यक्ष सन्तोष सापकोटाका अनुसार विगत २१ वर्षदेखि टर्कीमा आयोजना हुंदै आएको बालबालिका सम्बन्धी यो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले पहिलोपटक सहभागिता जनाएको हो ।

राजधानी र मोफसलमा बालबालिका तथा किशोरी र युवतीदेखि गृहिणीहरुसम्मका लागि प्रतिभामुखी तथा सौन्दर्यमुखी प्रतियोगिताहरु आयोजना गर्दै आएको ईप्लानेटले विभिन्न अन्तराष्ट«िय प्रतियोगितामा सात उपाधि नेपाल भित्रयाईसकेको छ । संस्थाले ‘गौतम बुद्ध र सगरमाथा नेपालीको पहिचान सम्पदाको सम्वद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ नेपालको सौन्दर्य प्रतियोगिताकै इतिहासमा पहिलोपटक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस हेरिटेज इन्टरनेशनल’ आयोजना गर्ने तयारी गरिरहेको छ ।

CIAA Shots

Commission for the Investigation of Abuse of Authority-CIAA