Tuesday, February 28, 2012

हुँदै नभएको रोगमा १५ लाख खर्च

गिरीश गिरी, काठमाडौं, फागुन ११- 'ब्रेन हेमरेज' अर्थात् मस्तिष्कमा रक्तश्राव। यो चरणमा पुगेपछि हत्तपत्त बाँच्ने सम्भावना नरहने भएकाले नाम सुन्नेबित्तिकै मान्छे तर्सिन्छन्। केही महिनाअघि त्यसरी नै तर्सिए, परिचित अर्थशास्त्री एवं गीतकार विश्वम्भर प्याकुरेल।

उनले उपचार निम्ति डाक्टरले मागेजति पैसा तिर्न कञ्जुस्याइँ गरेनन्। राजधानीको नर्भिक अस्पतालले उपचार क्रममा १५ लाख रुपैयाँभन्दा बढीको बिल बनाएको उनी बताउँछन्। 'आउट सोर्सिङ' गरिएका चिकित्सक र सुविधाको खर्च बेग्लै थियो।
होसमा आइसकेपछि पनि झन्डै तीन साता अस्पताल बस्नुपर्दा उनको खर्च यति पुगेको थियो। उनी घर फर्के। आफ्नो स्वास्थ्य अझ राम्ररी जचाउन बैंककको बुन्रुन्ग्राड अस्पताल पुगे। त्यहाँका डाक्टरको परामर्शपछि उनी झन् ठूलो अलमलमा परेका छन्।
'मलाई आजसम्म ब्रेन हेमरेज भएकै छैन रे,' बैंककका डाक्टरहरूले दिएको रिपोर्टबारे जानकारी दिँदै उनले नागरिकसँग भने, 'त्यत्रो पैसा लिएर नर्भिकका डाक्टरले के उपचार गरे, थाहै पाउन सकिनँ।'
नर्भिकबाट बिदा भएपछि प्याकुरेल उपचार निम्ति जनवरी दोस्रो साता थाइल्यान्ड पुगेका थिए। त्यहाँका डाक्टरहरूले दुई साता लगाएर थुप्रै परीक्षण गरेको उनी सुनाउँछन्। त्यसपछि थाई चिकित्सकहरूले ठोकुवा गर्दै भनेछन्, 'तपाईंलाई आजसम्म ब्रेन हेमरेज भएको कुनै हालतले मान्नै सकिन्न। बरु तपाईंको शरीरमा हार्टबिट युनिफर्म (मुटुको गति नियमित) नहुने समस्या देखिएको छ।'
प्याकुरेलका यी भनाइ सुनेपछि नर्भिक अस्पतालसँग सम्पर्क गर्दा त्यहाँका प्रवक्ता आरपी मैनालीले 'प्राविधिक कुरा भएकाले सम्बन्धित चिकित्सकसँगै जवाफ माग्नुपर्ने' बताए। चारजना चिकित्सक टोलीले प्याकुरेलको उपचार गरेको बताउने मैनालीले अस्पतालका कार्यकारी निर्देशक डा. भरत रावतको समेत नाम लिएका थिए।
डा. रावतले 'प्याकुरेललाई ब्रेन हेमरेज भएको भनेर आफूहरूले कहिल्यै नभनेको' दाबी गरे। 'म मुटुको डाक्टर भए पनि प्याकुरेलको केस बारे भन्न चाहिँ सक्छु,' रावतले स्पष्ट पारे, 'उहाँलाई हामीले ब्रेन हेमरेज नभई स्ट्रोक भएको बताएका थियौं र त्यसैको उपचार गरेका थियौं।' उनले सबै स्ट्रोक ब्रेन हेमरेज नहुने जानकारी दिए।
नर्भिकमै प्याकुरेलको उपचारमा संलग्न वरिष्ठ न्युरोलोजिस्ट डा. वसन्त पन्तले भने उनलाई ब्रेन हेमरेज नै भएको दाबी गरेका छन्।
'अरूले के भने भन्ने कुराको मलाई मतलब छैन,' पन्तको भनाइ छ, 'प्याकुरेललाई हामीले सब आर्कनोइड हेमरेज (एसएएच) कै उपचार गरेका हौं र यो ब्रेन हेमरेज नै हो।'
यस किसिमको हेमरेज सबैले बु‰ने गरेको ब्लड प्रेसर बढेर नभई कसैगरी दिमागको सतहमा रगत निस्केर हुने गरेको उनले बताए। त्यस्तो रक्तश्राव पखालिएर जाने भएकाले दाग नदेखेकै भरमा बैंककमा बेग्लै रिपोर्ट आएको हुनसक्ने उनको अनुमान छ।
उनको उपचारमा संलग्न नर्भिककै चिकित्सकहरूको राय बाझिएका बेला प्याकुरेल भने थप अलमलमा परेको सुनाउँछन्।
बैंककबाट फर्किएपछि प्याकुरेल उतैको चिकित्सकका सल्लाहअनुसार टिचिङ अस्पतालस्थित मनमोहन कार्डियाक सेन्टरमा मुटुको उपचार गराइरहेका छन्। त्यहाँ उनको उपचारमा संलग्न छन्, मुटु विशेषज्ञ डा. भगवान कोइराला।
बुधबार टिचिङ अस्पताल परिसरमै कारबाट ओर्लंदै गरेका डा. कोइरालालाई प्याकुरेल प्रकरण सुनाउन खोज्दा सुरुमै उनी मुसुक्क हाँसे। 'तपाईंले सोध्न खोज्नुभएको कुरा मैले बुझिसकेँ,' उनले भने, 'डाक्टरहरूले उपचार गर्दा एउटाको कामलाई अर्काले औंल्याउनु व्यावसायिक मर्यादाविपरीत भएकाले यस विषयमा म केही प्रतिक्रिया दिन चाहन्नँ।'
डा. कोइरालाले प्याकुरेललाई पहिले गरिएको उपचार र औषधिभन्दा बेग्लै उपचार र औषधि अहिले दिइएको स्वीकार गरे।
'मलाई ब्रेन हेमरेज भएकै रहेनछ, तर त्यसैको औषधि त्यत्रो दिन खानुपर्‍यो,' प्याकुरेल भन्छन्, 'बैंकक नगएर त्यही औषधि पछिसम्म खाएको भए झन् के हुन्थ्यो होला?'
के भएको थियो प्याकुरेललाई?
यो प्रश्न सोध्नेबित्तिकै उनले निधार तन्काउँदै भने, 'त्यो नै करोडौं रुपैयाँ पर्ने प्रश्न भएको छ।'
परिवारका सदस्य कोही नभएका बेला ओछ्यानमा अचेत प्याकुरेललाई छिमेकीले उद्धार गरेर नर्भिक अस्पताल पुर्‍याएका थिए। भेन्टिलेटरमा रहेकै बेला दुई दिनमै होस आएपछि उनलाई दिमागसँग जोडिएका प्रश्नहरू सोध्न थालिएको थियो।
'होसमा आएपछि मलाई दिमागकेन्द्रित प्रश्न गरियो, जबकि त्यसको कुनै आवश्यकता म देखिरहेको थिइनँ,' प्याकुरेल भन्छन्, 'मेरो अन्तर्चेतनाले नमाने पनि उनीहरू मलाई ब्रेन हेमरेजै भएको हो भनेर मान्न दबाब दिइरहेका थिए।'
त्यसलगत्तै प्याकुरेललाई मेसिन बिग्रेको भन्दै एन्जिओग्राम परीक्षण निम्ति सिनामंगलको काठमाडौं मेडिकल कलेज पुर्‍याइयो। त्यहाँका कार्यकारी निर्देशक डा. गोविन्द शर्मा उनका पुराना मित्र थिए। आफूले पढाउने त्रिभुवन विश्वविद्यालयकै पूर्व उपकुलपति रहेका शर्माले उनलाई अन्तरंग भएर यथास्थिति अवगत गराइदिए।
'ढुक्क भए हुन्छ,' त्यतिबेला डा. शर्माले तलैसम्म आएर आफूलाई बिदा गर्दा भनेका शब्द प्याकुरेल सम्झन्छन्, 'यहाँ गरिएको परीक्षणमा तपाईंको ब्रेन क्लियर देखिएको छ।' त्यसपछि पनि आफूलाई नर्भिक फर्काएपछि ब्रेन हेमरेजकै उपचार निरन्तर गर्दै त्यसैको औषधि चलाइएको प्याकुरेल सुनाउँछन्।
ब्रेन हेमरेज भयो भनेर भेन्टिलेटरमा राखिएका प्याकुरेललाई दुई दिनमै होस आएपछि शरीरको एउटै अंग दुखिरहेको थियो, बंगारा। करिब तीन साताको बसाइपछि उनी नर्भिकबाट डिस्चार्ज भए। त्यतिखेर पनि उनको बंगारा दुख्न छाडेको थिएन। फलोअपमा जाँदा उनले आफूलाई त्यो समस्या मात्र रहेको बताए। नर्भिकका डाक्टरहरूले दाँतको डाक्टरलाई देखाउनू भन्ने सल्लाह दिए। बिएन्डबि अस्पतालका डा. प्रशान्त श्रेष्ठलाई जचाउँदा बंगारा भाँच्चिएको ठहर भयो। उनले त्यसको शल्यक्रिया गराए। त्यस आधारमा घरमा अचेत अवस्थामै ओछ्यानमा गएर पल्टिनुअघि आफू कतै लडेको हुनुपर्छ भन्ने प्याकुरेललाई लागेको छ। त्यो सबै बेहोसीमा भएकाले उनी सम्झन चाहिँ सक्दैनन्।
नर्भिकबाट बाहिरिएपछि बैंकक पुगेर उपचार गराउँदा झन् बेग्लै रिपोर्ट देखियो। बैंककका डाक्टरहरूले उनको रोग पत्ता लगाए पनि उपचार नेपालै गएर गराउनुपर्ने सुनाएका थिए। 'उता र यताको औषधि फरक हुने भएकाले या त बैंककमै लामो समय बस्नुपर्ने हुन्थ्यो,' प्याकुरेल भन्छन्, 'या उनीहरूले रोग पत्ता लगाइदिएपछि नेपाल आएर त्यसको बेग्लै डाक्टर देखाउनुपर्ने हुन्थ्यो।' प्याकुरेलले दोस्रो बाटो रोजे र फर्केर डा. भगवान कोइरालालाई सम्पर्क गरे।
'डा.कोइराला कार्यरत मनमोहन कार्डियाक सेन्टरमै डा. ओममूर्ति अनिलले दिएको नयाँ औषधि खान थालेपछि बल्ल उचित उपचार पाएको महसुस गरिरहेको छु,' प्याकुरेल भन्छन्, 'त्यसलगत्तै अफिस पनि आउन थालेको हुँ।'
बिरामी भएका बेला राष्ट्र बैंकले उनको उपचार निम्ति तीन लाख रुपैयाँ दिएको थियो। उनी राष्ट्र बैंक बोर्डका सदस्य हुन्। त्यसबाहेक आफन्तसँग ऋण लिएर नर्भिक अस्पतालको महँगो खर्च व्यहोरेको उनी बताउँछन्।
'मलाई खर्च भएकोमा उति चिन्ता छैन,' प्याकुरेल भन्छन्, 'त्यति राम्रोसँग चिनेका डाक्टरहरूले मेरो ज्यानसँग त लापरबाही गर्छन् भने अरूको झन् के अवस्था होला भनेर हैरान छु।'(स्रोत नगरिक दैनिक)

Tuesday, February 21, 2012

तक्मे बुढा



देउराली बनेछ थुँगाको
डर केलाई मान्छौ जुँगाको
काट्देउला बरु जम्मै


यसरी मिठो लयमा गीत गाउने उनी कोटमा सधैं तक्मा भिर्छन् । यही तक्माको कथा सुनाउन हरदम तयार हुन्छन् । ुयो तक्मा भनेको क्यारेमचेस खेलेर पाउने कुरा होइन कुखरा चोरेर पाउने कुरा होइन यो भनेको वीर गथा वीर गोर्खालीले पाउने कुरा होु यसरी तक्माको कथा सुनाउँछन् उनी ।

नेपाल टेलिभिजनबाट हरेक शनिबार बेलुका ८ बजेको समाचारपछि प्रसारण हुने हास्य टेलिसिरियल ुमेरी बास्सैुका पात्र तोक्मे बुढा हुन् उनी । यही नामले धेरैले चिन्छन् उनलाई ।

सिरियलमा दाह्रीजुँगा फुलिसके । कथा सुनाउँछन् पहिलो विश्वयुद्धको । तोक्मेको वास्तविक नाम हो- विल्सनविक्रम राई । उमेर २५ वर्ष । झापाको विर्तामोडमा जन्मेका उनलाई सानो छँदा नाच्न खुब मन लाग्थ्यो रे । उनको सपना थियो डान्सर बन्ने ।

विर्तामोडको लिटल फ्लावर बोर्डिङ स्कुलमा पढे । सानैदेखि दुःख झेल्दै यहाँ आइपुगेको कथा छ उनको । ुचार कक्षामा पुगेका बेला आमा बित्नुभयोु उनले भने ुत्यसपछि घरमा धेरै जिम्मेवारी मैमाथि आइलाग्यो ।ु

परिवारलाई सम्हाल्नुपर्ने बाध्यताले उनी स्टेज कार्यक्रममा नाच देखाउन थाले । ती कार्यक्रममा पुग्दा पर्दाबाहिरा आफ्नै साथीहरुलाई हसाँउथे । ुएकपटकको कार्यक्रममा डान्स गर्न रेडी भाको पाँच मिनेट ग्याप भोु नाचबाट हास्यक्षेत्रमा मोडिएको दिन सम्झन्छन् उनी ुग्यापमा जोक भन्न माचमा बोलाइयॊ त्यही बेलादेखि मलाई कमेडीको नसा लाग्यो ।ु

समूहमा नाच देखाउने उनी अब एक्लै स्टेज सो गर्न सक्ने भए । बिस्तारै विभिन्न सिरियलमा भूमिका पाए । आयो बोके दाह्री तितो-सत्य जीवनचक्र जस्ता टेलिसिरियलमा फरक-फरक भूमिकामा देखिए । ती भूमिकामा आफ्नो जातीय मौलिकता नझल्केको उनको बुझाइ छ । मेरी बास्सैमा ुतोक्मे बुढाुको रोल गरेदेखि उनलाई धेरैले मन पराए ।

आफन्तको सहयोगमा सिरियल खेल्न सक्कली तक्मा नै भिरेका छन् उनले । सेना-प्रहरीले त उनलाई फोनै गरी स्याबासी दिन्छन् रे । ुआफ्नै कथाजस्तो लाग्यो रे आर्मी-पुलिसलाईु उनले भने ुजसा्रब कसा्रब एसपीहरुले मलाई फोन गरी अभिनय मन पराएको सुनाए ।ु लाहुरेहरुले पनि फोन गरी प्रशंसा गरेको उनले बताए ।

लाहुरेको लवज र छाँटमा देखिने उनको परिवारमा कोही लाहुरे छैनन् । लाहुरेको कथा कसरी फुर् यो त

ुधेरैजसो प्रोग्राम आर्मी ब्यारेक र पुलिस क्याम्पतिर गर्थें उनीहरुको बोलीव्यवहार हेर्ने मौका पाएँ । त्यहीँबाट तोक्मे बुढा जस्तो लाहुरे पात्र तयार भयोु उनले भने ।

उतिबेला गाउँका युवा क्यारेम-चेस मात्र खेल्थे । ुक्यारेम-चेस खेलेजस्तो हुन्न जिन्दगीु भनी मावली हजुरबाले प्रेरणा दिएका दिन सम्झन्छन् उनी । हजुरबाले बोल्ने यही थेगो सिरियलमा प्रयोग गरेका रहेछन् । हजुरबाकै धेरै लवज सिरियलमा ल्याएका छन् उनले ।

उनले आफ्नो नामको अर्थ पनि बताए ुबाबाले मेरो नाम वेलसन राखिदिनुभयो । यसको अर्थ राम्रो छोरा हो ।ु लेख्दा विल्सन भयो ।

ुबाआमाको सपना थियो ठूलो मान्छे बनाउनेु उनले भने ुलाहुरे नभएपनि तक्मा नपाए पनि अभिनयले इजजत-पैसा सबै पाएको छु ।ु

ुलगाव मेहेनत र भाग्यले यहाँसम्म आइपुगेँु उनले भने ुखुबी जन्मैदेखि आएको हुने रहेछ त्यसैले अभिनय गर्न त्यति गाह्रो भएन ।ु यो ठाउँसम्म आइपुग्न भने धेरैको सहयोग पाएको सुनाए उनले । यसबाहेक उनले साथी परदेशी सम्झना न बिसे्रं तिमीलाई न पाएँ तिमीलाई दीपशिखा लगायत फिल्ममा पनि अभिनय गरे । केही समयपछि रिलिज हुने दुई फिल्म फेसबुक र सायदमा उनको मुख्य भूमिका छ ।


Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...