Monday, May 30, 2011

म चकचके थिएँ




नेत्र तामाङ



सानो छँदा मादल बजेको सुन्नै नहुने । पुगिहल्थे नाच्न । सानैदेखि उटपटाङ गर्न सिपालु । नाच्न उस्तै खप्पिस । नेपाल टेलिभिजनको पर्दामा आउने ुजिरेखुसा्रनीु का पात्र । उनी हुन् रातामकै अर्थात् किरण केसी ।

बुबा लेफ्टिनेन्ट कर्णेल भएपनि उनको ध्यान सानैदेखि कलाकारितातिर तानियो । ुम १३ आंै नम्बरको कान्छो छोराु उनले भने ुत्यतिबेला परिवारमा धेरैजना भएपनि अहिले पाँचजना छौं ।ु कान्छो भएकैले सानोमा उनले अलि धेरै माया पाए । बढी छुकछुके हुनुको कारण यही भएको उनी बताउँछन् ।

कक्षा १ देखि ४ सम्म एभिएम स्कुल पढेका उनले ५ देखि ८ सम्म पाटन हाइस्कुल पढे । ९ र १० भने महेन्द्र इ_िन्स्टच्युटमा । ललितपुरको इमाडोलमा २०१४ असार १५ मा जन्मेका उनी स्कुलको नाटक र नाचमा भाग लिन सधैं अघि हुन्थे । सार्वजनिक कार्यक्रममा नाच्न थालेको भने १४ वर्ष उमेरदेखि हो ।

कहिलेकाहिँ स्कुलबाटै भागेर फिल्म हेर्न पाटनको अशोक हल र विश्वज्योति हल पुग्ने गरेको उनी सम्झन्छन् । ुत्यतिबेला हल टाढा थिए नेपाली फिल्म कमै बन्थ्योु उनले भने ुमैले पहिलोपल्ट हिन्दी फिल्म हेरेको थिएँ ।ु भागेर फिल्म हेर्न गएको थाहा पाएपछि बाबाको गाली र पिटाइसमेत खानुपथ्र्यो । स्कुलमा पनि सरको पिटाइमा पर्थे । ुयस्तो त सानोमा गर्न नहुने रहेछु उनले भने ।

उनलाई आफूले बाल्यकालमा खेलेका खेल शरीरलाई फाइदा हुने खालका लाग्छन् । ुडन्डिबियो ह्वाङरा कबड्डी साइक्लिङले शरीरलाई बलियो बनाउँछु उनले भने ुआजभोलि कम्प्युटरमा गेम आउन थालेका छन् । यो बौद्धिकमात्र भयो । शारीरिक व्यायाम भएन ।ु

यति चकचके भएपनि उनी समाजसेवामा सानैदेखि रुचि राख्थे । स्काउटमा काम गर्न पुग्थे । पाटन कृष्णमन्दिरमा राति नै डोरी लिएर आउँथे । अहिले पनि बाढीपहिरोमा परेकालाई सहयोग गर्न राहत संकलन गर्छन् । सडक बालबालिका असहाय वृद्धवृद्धालाई सहयोग गर्छन् । विकृति विसंगतिलाई टेलिसिरियलमार्फत व्यंग्य गर्ने उनी पढाइको बेला भने अरु काममा ध्यान लगाउन नहुने बताउँछन् ।

मह जोडीको हास्यसिरियल ु१५ गतेु बाट कमेडी अभिनय थालेका उनले महकै दर्जन सिरियलमा अभिनय गरिसके । करोडपति ए मेरो हजुर मेरी आमा गरी दर्जनौं फिल्ममा अभिनय गरे । जिरेखुसा्रनीमा उनी समाजमा हुने गरेका विभिन्न घटनासँग मेल खाने पात्रका रुपमा देखिन्छन् । उनले सिपाहीदेखि डिआइजी नोकरदेखि हाकिम चोरदेखि साधुसम्म बनेर अभिनय गरेका छन् । यही सिरियलका लागि उनले शुक्रबार र शनिबारको समय छुट्टुएका छन् ।

आफ्नो काम र सफलताबारे उनले भने ुयही पेसामा लागेर ३८ देश पुगिसकेँ नेपालका ६७ जिल्ला घुमिसकेँ ।ु ३ हजार ५ सयभन्दा बढी स्टेज कार्यक्रममा भाग लिइसकेका उनले ुतँ त साह्रै बिगि्रस् नि बद्रीु र ुजे भो राम्रै भोु फिल्म बनाए । ुए रातामकैु र ुधरोधर्म माइलीु एल्बम निकालेका छन् । उनी अहिले आफ्ना स्वर्गीय दाजुले लेखेका आठ गीतमा स्वर दिएर नयाँ एल्बम बजारमा ल्याउँदै छन् ।

कलामै योगदान दिएबापत उनले गोरखा दक्षिणबाहु अभिनय रत्नश्री पुरस्कार र नेसनल अवार्ड पाइसके । बोलीपिच्छे ुरातामकैु थेगो प्रयोग गर्ने हुँदा उनलाई सबैले रातामकैका नामले नै चिन्छन् । उनी आफैं पनि यो नाम निकै मन पराउँछन् । यही नामबाट रातामकै रेस्टुरेन्ट रातामकै पान पसल रातामकै मासु पसल खुलेका छन् । यहाँसम्म कि उनको घरनजिकैको बाटोको नाम पनि रातामकै मार्ग राखिएको छ ।


बुलबुले नाच


- नेत्र तामाङ

ुयानीमाया हो यानीमाया हो

तिम्रो पछुैरीमा अल्झ्यो मेरो मनु

गीत बज्नासाथ उनी दर्शकतिर अनुहार देखाउँदै नाच्न थाल्छन् । भर्खर ६ वर्ष पुगेका जटिलजंग रायमाझी ठुल्ठुला माचमा पनि नाचिसके ।

केएमसी स्कुल शंखमुलमा २ कक्षा पढ्छन् उनी । शंखमुल महोत्सव अर्घाखाँची महोत्सव बुद्धनगर महोत्सव आदिमा उनले आफ्नो कला देखाइसके । सामूहिक होस् या एकल उनको नाचले दर्शक दंगै पर्छन् ।

दुई वर्षअघि एउटा कार्यक्रममा उनको नाच मन पराएर दर्शकले पाँच हजार रुपैयाँ पुरस्कार दिएका थिए । उनी त्यसपछि जुम्लाको खलंगा पुगे । दुई वर्ष त्यहीँ पढेर काठमाडौं फर्किएका छन् ।

ुखलंगामा हिउँ पथ्र्यो रमाइलो हुन्थ्योु उनी भन्छन् ुजाडो पनि उत्तिकै ।ु अर्घाखाँचीका जटिल जुम्लामा ुझमझम स्टकोटु बोलको गीतमा नाचेको सम्झन्छन् ।

फुस्रदमा कार्टुन हेर्न मन पराउने जटिल बोल्नमा सरल छन् । कमेडी सिरियल हेर्ने उनी ुमेरी बास्सैुका धुर्मुसको क्यारिकेचर गर्न सक्छन् । स्कुलमा ुजटिलजंगु भएपनि उनको घरमा बोलाउने नाम बुलबुल हो । उनलाई दुवै नाम मनपर्छ ।

पछि के बन्ने त उनी भन्छन् ुडान्सर बन्छु ।ु

उनकी आमालाई पनि नाच्न मनपथ्र्यो रे । आमा मनकेशी भन्छिन् ुछोराले यसैमा ध्यान लगाको छ । हेरम राम्रै त गर्छ होला नि ।ु

छोराको इच्छाअनुसार सहयोग गर्ने उनले बताइन् । ुपढाइमा उत्तिकै राम्रो छु उनका शिक्षक सुमनसागरजंग केसी भन्छन् ुडान्सका स्टेप राम्रा छन् विभिन्न महोत्सवमा नाचिसकेका छन् ।ु

यो कलाले लक्ष्यमा सजिलै पुग्लान् भन्ने उनलाई लागेको छ ।





Yambu : The Heartland of Tamang, Why they Chased Away From Kathmandu

Netra Tamang- The Tamangs are the ethnic group of Nepal. According to the 2021 census, there are 1.6 million Tamang people in Nepal out of 2...